Subscribe Us

अपहरणकारीमाथी गोली प्रहार

 झापा । अपहरणमा परेका व्यापारी सुनिल बिन्दल अग्रवालको उद्दारको क्रममा प्रहरी अपहरणकारी बिच दाहोरो भिडन्त भएको छ । भिडन्तमा प्रहरीकोे गोली लगाी दुई अपहरणकारी घाईते भएका छन् भने अपहरीत अग्रवालको प्रहरीले सकुशल उद्दार गरी थप ५ अपहरणकारीलाई नियन्त्रणमा लिन सफल भएको छ । 

बिर्तामोड नगरपालिका–१ बस्ने ४५ वर्षीय अग्रवाल माघ १८ गते अपहरणमा परेका थिए । प्रहरीले अपहरणमा संलग्न झापा मेची नगरपालिका–१० बस्ने ४५ वर्षीय बजरंग अन्सारी, बिर्तामोड नगरपालिका–७ बस्ने २९ वर्षीय केशब फुयाल, धरमपुर–३ बस्ने ४० वर्षीय भुबन कार्की, भारत आसाम चिराङ बस्ने २४ वर्षीय फौद तामाङ, भारत आसाम जिल्ला कोक्राझार अठियाबारी बस्ने २७ वर्षीय राजकुमार थापा, धरमपुर–२ बस्ने हर्क कन्दङवा लिम्बु र धरमपुर–५ बस्ने ३२ वर्षीय ईन्द्रबहादुर राईलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका अपहरणकारीको साथबाट प्रहरीले पेस्तोल २ थान र सोही पेस्तोलमा लाग्ने १० राउण्ड गोलीसमेत बरामत गरेको छ । 
अग्रवाल अपहरणमा परेको जानकारी भएपश्चात खोजी गर्नेक्रममा हर्क कन्दङवाको घरमा बन्धक बनाई राखेको भत्रे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झिलझिलेको टोली अप्रेशनमा खटिएको थियो । प्रहरीले अपहरणमुक्त गराउनेक्रममा अपहरणकारीले प्रहरीमाथि १ राउण्ड गोली फायर गरेपछि प्रहरीले प्रतिकारस्वरुप ४ राउण्ड गोली फायर गर्दा अपहरणकारीमध्ये फौद तामाङसमेत २ जनाको खुट्टामा गोली लागेको थियो । घाईते भएका अपहरणकारीलाई उपचारको लागि मेची अंचल अस्पताल  लगिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments