Subscribe Us

चार ठांउमा दुर्घटना चार को मृत्यु, ८ घाईते

काठमाडौ । भिन्ना भिन्नै ठांउमा भएको सवारी दुर्घटनामा एक ६ बिर्षीय बालकसहित दुई चालकको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । काठमाडौ महानगरपालिका–७ थानकोटमा ट्रकले ठक्कर दिदा थानकोटकै २६ बर्षीया माईली गोपालीको मृत्यु भएको छ ।  भैरहवाबाट  काठमाडौं आउदै गरेको ना ४ ख ८३८७ नंबरको ट्रकले बाटो काट्ने क्रममा पैदलयात्री माईलीलाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्करले माईलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई आबाश्यक कारबाही अगाडी बढाएको बताएको छ । त्यस्तै ललितपुर गिन्दी–६ धूम्कीवेशीमा गिन्दीबाट चापागाँउ जादै गरेको बा ३ ख २८७९ नंबरको बसले बिहिबार स्थाईनिय   ६ बर्षीय बालक सानु तिमिल्सिनालाई ठक्कर दिएको छ । बसको ठक्करबाट बालक तिमिल्सिनाको बाघटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी प्रहरीले दिएको छ । 

यसैगरी चितवन रत्ननगर नगरपालिका­३ स्थित तरकारी चोकमा बिहिबार नारायणगढबाट हेटौडातर्फ जाँदै गरेको ना ५ ख ५८७६ नंबरको ट्रक र विपरित दिशाबाट आईरहेको तरकारी लोड गरेको बा १ ख ६६७४ नंबरको मिनी ट्रक एक आपसमा ठक्कर खाँदा चालकको मृत्यु भएको छ, भने ८ जना घाईते भएको प्रहरीले जनाएको छ । ठक्करबाट घाईते भएका मिनि ट्रकका चालक कठार­६ बस्ने ३० बर्षीय कृष्ण गिरीको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

 दुर्घटनामा परी घाईते भएका अन्य ८ जनाहरुको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ । यसैगरी गोरखा देउराली–९ स्थित भट्टबेशीबाट पियरबेशी जादै गरेको ग १ त १११३ नंबरको ट्याक्टर बुधबार सडकबाट अंदाजी १ सय २५ मिटर तल खस्दा चालक ईलाम मंगलबारे–१ बस्ने ३५÷४० बर्षीय प्रभु अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments