Subscribe Us

अन्डरवर्ल्ड डन दाउद इब्राहिमका भाई पक्राउ

न्युदिल्ली । अपरहण गरी फिरौती असुलेको आरोपमा कुख्यात अन्डरवर्ल्ड डन दाउद इब्राहिमका कान्छा भाइ इकबाल कासकर पक्राउ परेका छन् । ईकबाललाई मुम्बर्इ प्रहरीले जबरजस्ती रकम असुलेको अभियोगमा पक्राउ गरेको हो ।

 पक्राउ  इकबाल र उनका अर्का साथी सब्बुमाथि तीन लाख भारतीय रुपैयाँ फिरौती मागेको आरोप लगाएको छ ।  घरजग्गाको कारोबार गर्दै आएका एजेन्ट सलिम शेखले गत ३० जनवरीमा मुम्बर्इस्थित भाएखला पुलिस थानामा रकम असुलीबारे उजुरी दर्ता गरेको आधारमा इकबाल र उनका साथी गिरफ्तार भएका हुन् ।

उजुरी दर्ता भएपछि प्रहरीले थालेको अनुसन्धानका क्रममा प्रहरीले सलिम शेखलार्इ इकबालबाट धम्की आएको पत्ता लगाएको थियो ।  घटना गम्भीर भएको ठहर गर्दै पुलिसले मंगलबार इकबाल कासकर र उनका साथी सब्बुलार्इ मुम्बर्इको जेजे मार्गस्थित प्रहरी ठानामा सोधपुछका लागि बोलाएको थियो ।

पुलिसले सोधपुछका लागि हाजिर भएका दुबैलार्इ त्यहीँबाट हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भाइ गिरफ्तारीमा परेपछि दाउदलार्इ ठूलो झट्का लागेको अनुमान गरिएको छ । इकबाल कासकर र सब्बुलार्इ बुधबार अदालतमा पेश गरिएको छ ।
न्युदिल्ली :  चर्चित अन्डरवर्ल्ड डन दाउद इब्राहिमका कान्छा भाइ इकबाल कासकरलार्इ मुम्बर्इ प्रहरीले मंगलबार गिरफ्तार गरेको छ ।  इकबाललार्इ मानिस अपरहण गरी फिरौती असुलेको र जबरजस्ती रकम लिएका अभियोगमा प्रहरीले गिरफ्तार गरेको हो ।
 
मुम्बर्इ प्रहरीले गिरफ्तार इकबाल र उनका अर्का साथी सब्बुमाथि तीन लाख भारतीय रुपैयाँ फिरौती मागेको आरोप लगाएको छ ।  घरजग्गाको कारोबार गर्दै आएका एजेन्ट सलिम शेखले गत ३० जनवरीमा मुम्बर्इस्थित भाएखला पुलिस थानामा रकम असुलीबारे उजुरी दर्ता गरेको आधारमा इकबाल र उनका साथी गिरफ्तार भएका हुन् ।
 
उजुरी दर्ता भएपछि प्रहरीले थालेको अनुसन्धानका क्रममा प्रहरीले सलिम शेखलार्इ इकबालबाट धम्की आएको पत्ता लगाएको थियो ।  घटना गम्भीर भएको ठहर गर्दै पुलिसले मंगलबार इकबाल कासकर र उनका साथी सब्बुलार्इ मुम्बर्इको जेजे मार्गस्थित प्रहरी ठानामा सोधपुछका लागि बोलाएको थियो ।
 
पुलिसले सोधपुछका लागि हाजिर भएका दुबैलार्इ त्यहीँबाट हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
भाइ गिरफ्तारीमा परेपछि दाउदलार्इ ठूलो झट्का लागेको अनुमान गरिएको छ । इकबाल कासकर र सब्बुलार्इ बुधबार अदालतमा पेश गरिएको छ ।
- See more at: http://annapurnapost.com/News.aspx/story/6872#sthash.vwAu7Oih.16yP1opS.dpuf

Post a Comment

0 Comments