Subscribe Us

चरी जन्माउने महेश बस्नेत होः दिलु पन्त, अपराधीको संघठन भयो युवा सघ

काठमाडौं । नेकपा एमालेको भातृ संघठन युवासघ आपराधीक पृष्ठभुमिका व्यक्तिको हालिमुहाली भएको दाबी संघकै उपाध्यक्ष दिलु पन्तले गरेकी छिन् । पन्तले पूर्ब अध्यक्ष महेश बस्नेतले दिनेश अधिकारी उफ चरी र सुजन पौडेल उफ रमेश बाहुनको जन्म गराएको दाबीसमेत गरेकि छिन् ।

 उनले एक अनलाईनलाई अन्तबार्ता दिदै उक्त कुराको दाबी गदै भनेकि छिनः हामी जिल्लामा गइरहेका हुन्छौं, त्यहाँ पाखुरा देखाउने कुराहरु हुदो रहेन्छन । स्कटिङ गर्ने भन्दै पेट्रोलपम्पमा तेल माग्ने गरिन्छ । युवा संघमा कस्ता मान्छेहरु प्रवेश गरे  कोको मान्छेहरुले कहाँकहाँ गएर टीका लगाए, अपराधीलाई पनि टिका लगाउने काम भए छ,। अपराधीहरु पनि छन् हाम्रो संगठनभित्र । उनले तत्कालिन समयमा रामेछापमा रमेश बाहुनलाई टिका लगाएर युवा सघंमा अपराधी भित्राएको दाबी गरेकि छिन । 

पन्तले भनेकि छिनः राज्यले अपराध करार गरेको व्यक्तिलाई टिका लगाएर युवा संघको नेता बनाउन खोजेपछि संघलाई हेर्ने दृष्टिकोण के हुन्छ ? डन पनि कस्ता कस्ता हेर्नु न, हप्ता असुलेर खान्छन् । के युवा संघ हप्ता असुलेर खाने डनको अखडा हो र जनताको जनजीविकाको कुरा कसले गर्ने त्यस्ता प्रवृत्ति बोकेका मान्छेहरु, बलात्कारीहरु, चोर, फटाहाहरु, हप्ता उठाएर खानेहरु हाम्रो युवा संघमा हुन सक्दैनन् पन्तले बताएकि छिन । तिनीहरुलाई संरक्षण गर्ने संगठन हाम्रो युवा संघ हुन सक्दैन । त्यस्ता मान्छेहरुलाई मैले प्रश्रय दिन्न । अर्जुन गुरुङ महेश बस्नेतको गाडी चलाउने, महेश बस्नेतले बोकेर हिँडेको मान्छे । 

सकेसम्म उपयोग गरिसकेपछि, उहाँहरुलाई सेवा गर्न पुगेपछि अहिले उहाँहरुले फाल्नुभएको हो । उहाँहरुलाई जतिसक्दो उपयोग गर्नुभयो र अहिले किन फाल्नुभयो  यो मलाई थाहा छैन । पन्तले बस्नेतलाई डनभन्दा पनि डनको पक्षपोषण गर्ने मान्छे भएको आरोप लगाएकि छिन । उनले आफू सुध्रिने, अरुलाई डन बनाउने कामचाँहि गर्नुभएन उहाँले । आफूचाँहि सुध्रिने, सुध्रिएको देख्ने, सुकिलो कुरा गर्ने, अनि अरु सबैलाई फोहोरी बनाउने कुरा चाँहि राम्रो हुँदैन । अरुलाई पनि सच्चाउनुस्, त्यस्ता मान्छेहरुलाई नबोक्नुस् भन्ने हो ।

 मृतक चरीले गरेका कतिपय क्रियाकलाप, चरीलाई त्यो ठाउँमा पुर्‍याउने त युवा संघको नाममा हामीले नै गर्‍यौं । त्यो गर्ने, अनि मरिसकेपछि पक्षपोषण फलानाले गर्‍यो भन्न पाइन्छ, चरीलाई चरी बनाउने को हो, को बाट हप्ता उठाउन लगाइयो, अहिले पनि युवा संघमा प्रशस्त चरीहरु छन् । चरीहरु बनाउन महेश बस्नेतलगायतका मान्छेहरु अहिले पनि उद्दत छन् । महेश बस्नेतले आफूलाई त्यस्तो भन्नुहुन्छ भने सुधार्नुस् । तपाईले धेरै त्यस्ता चरी निर्माण नगर्नुस् । चरीहरुको पछि लागेर पनि नहिँड्नुस् । सुध्रिने हामीले मौका पनि दिइरहेका छौं ।

Post a Comment

0 Comments