Subscribe Us

गुलेली हान्ने कि गाला चड्काउने ?

 काठमाडौं । सत्तारुढ दलहरु के कुरामा विश्वस्त छन् भने एमाओवादीको ३० दलीय मोर्चाको आन्दोलनले प्रभाव पार्ने छैन । राजधानीमा गर्ने भनेको जनप्रदर्शन पनि पहिले भएको आन्दोलनजस्तो कमजोरै हुनेछ । त्यसकारण एमाओवादी अध्यक्ष तथा मोर्चाका संयोजक प्रचण्डका लागि आन्दोलन फलामको च्युरा भएको छ । त्यहिँमाथि यो आन्दोलन कस्तो हुने भन्ने कुराले पनि वडो अफ्ठेयारो पारेको छ । 

खासगरी एमाले अध्यक्ष केपी ओलीले उनको आन्दोलन र घोषणालाई व्यापक व्यंग्यमात्र गरेका छैनन्, ओलीको आह्वानमा एमाले र कांग्रेसका कार्यकर्ता नै अनौपचारिक रुपमा प्रदर्शनको विपक्षमा उभिन तयार पनि भएका छन् । यद्यपि, सहमतिका लागि दबाबमा रहेका ओलीका लागि प्रदर्शनलाई कसरी टिप्पणी गर्ने भन्ने द्वीविधा त छँदै छ । तर, ओलीले प्रचण्डले आन्दोलनका क्रममा मन्त्रीको गालासम्म चड्काउनसक्ने भनेपछि दह्रो जवाफ फर्काइसकेका थिए । कुनै बेला आन्दोलनका क्रममा नै हिराइन रेखा थापासँग कम्मर मर्काएका प्रचण्डलाई ओलीले थापा नै नाचेको गीतको व्यंग्य पनि गरे । हानौला तन्काएर बट स्लोली स्लोली भन्ने गीतको कुरा गर्दै ओलीले आन्दोलनमा गाला चड्काउने बट स्लोली भन्नेसम्मको टिप्पणी गरे ।  

त्यसो त ओलीको टिप्पणी जे भएपनि एमाओवादीसहित विपक्षी मोर्चाका लागि आन्दोलन अग्निपरीक्षा भएको छ । आन्दोलनबाट शक्ति प्रदर्शन गर्न नसके कमजोर भएको ठानिनेछ । त्यसकारण पहिलो चरणको आन्दोलन सकिने फागुन १६ मा शक्ति प्रदर्शन गर्नु एमाओवादीका लागि सर्वरूपी बाध्यता हो । एमाओवादीको बुझाइ छ, यसपटक चुकेमा कांग्रेस, एमालेले झन् पेल्नेछन् । एमाओवादी अध्यक्ष प्रचण्डले अहिले राष्ट्रिय राजनीति हाम्रो नेतृत्वको मोर्चाको वरिपरि ल्याउने अवसर आएको छ । त्यसलाई गुम्न नदिऔं भने । तर, उनको यो आन्दोलन सफल होला त ? भनेर सवै हेरिरहेका छन् ।

Post a Comment

0 Comments