Subscribe Us

न्यूरोडको सुन पसलमा प्रहरीको छापा,
पसलबाटै बरामत भो अबैध ५ किलो सुन र करोडौं रुपैयाँ

काठमाडौं । कानुनी रुपमा सञ्चालनमा रहेका न्यूरोडका सुन पसलबाट अबैध रुपमा राखिएको ५ किलो सुन र करोडौं रुपैया प्रहरीले बरामत गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाबाट खटिएको टोलीले उक्त परिमाणको सुन , ५६ किलो चाँदी करिब पाँच करोड रुपैयाँ बरामत गरेको छ । गैर कानूनी रुपमा भन्सार छली ल्याईएका सुन तथा चाँदीको कारोबार भईरहेका छ भन्ने सुचनाको आधारमा छापा मार्दा उक्त परिमाणको अबैध सुन,चाँदी र रुपैंया बरामत भएको महाशाखाले जनाएको छ । 

महाशाखाले  बालाजी एण्ड् सन्स पसल, यूनाइटेड गोल्र्ड मार्क, मामन स्टोर्स पसल र संगम ज्वेलर्समा छापा मारी उक्त अबैध सुन, चाँदी र नगद बरामत गरेको हो । माहाशाखाले राजश्व अनुसन्धान विभागमा जानकारी गराई  गत २१ गते देखि २३ गतेसम्म चेक जाँचको लागि प्रहरी अधिकृत सहितको चार वटा टोली खटाई अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा महाशाखाले न्यूरोड टेबहाल स्थित बालाजी एण्ड सन्स् पसलबाट दुई किलो सुन, १५ किलो चाँदी र तीन करोड २२ लाख नेपाली रुपैयासहित उक्त पसलका सञ्चालक बालु जगन्नाथ धाङगेलाई नियन्त्रणमा लिएको जनाएको छ । 

त्यसतै अबैध ३ किलो सुन, ५ किलो चाँदी र तिस लाख नगदसहित  यूनाइटेड गोल्र्ड मार्कका सञ्चालक आकाश कुमार बज्राचार्यलाई पक्राउ गरेको छ । यस्तै वौद्धमा मामन स्टोर्स पसलका संचालक भारतीय नागरिक नरेश अग्रवाललाई पनि महाशाखाले २८ लाख नेपाली रुपैंया र १ लाख ५९ हजार भारती रुपैया तथा ४६ हजार युयानसहित पक्राउ गरेको छ । बाङ्गेमुढा लगलमा संगम ज्वेलर्स चलाउदै आएका रमेश खड्कापनि महाशाखाको नियन्त्रमा परेका छन् । खड्काको ज्वेलर्सबाट एकासी लाख पचपन्न हजार नेपाmी रुपैया र चाँदी ३४ किलो ८७० ग्राम बरामत भएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments