Subscribe Us

बदनाम सई एसपीको सेटिङ मास्टर, तस्कर को पैसामा प्रहरीको व्यारेक

काभ्रे। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पूजा सिंहले वीपी राजमार्गको मंगलटार क्षेत्रमा मापदण्ड विपरीत संचालित क्रसर उद्योगहरूबाट मासिक रुपमा लाखौं रुपैयाँ नजराना लिंदै गिटी बालुवा ओसारपसार गर्न दिने थालेको खुलासा भएको छ। एसपी सिंहले राजमार्ग र रोशी खोलालाई असर गरेको भन्दै एसअघि बन्द गराईएको क्रसर पुनः सच्चालन गर्न दिएकी हुन।

 स्थानीय राजभक्त श्रेष्ठ मार्फत् क्रसर उद्योगहरूबाट लाखौं रुपैयाँ घुस लिएर मनपरी गिटी ढुंगा निकाल्न दिएको आरोप एसपी सिंहमाथि लागेको छ। अघिल्ला प्रहरी प्रमुख अरुणकुमार बीसीले अवैध रुपमा संचालित क्रसर बन्द गराएका थिए। तर पूजा सिंह काभ्रेमा सरुवा हुनासाथ इलाका प्रहरी कार्यालय बनेपामा कार्यरत प्रहरी नायव निरीक्षक सई बाबुराम झाले राजभक्तसँग सेटिङ मिलाएर क्रसर उद्योग संचालन गर्न छुट दिइएको छ। धनुषामा प्रहरी आचरणविपरीत क्रियाकलाप गरेको अभियोगमा जागिरबाटै बर्खास्त गर्न सिफारिस भएका सई बाबुराम झामार्फत् क्रसर उद्योगसँग सेटिङ गरेकी एसपी सिंहले तिनै क्रसर ब्यवसायीहरूबाट १० लाख रुपैयाँ ब्यहोर्न लगाई प्रहरी सुत्ने ब्यारेक समेत निर्माण सुरु गराएकी छिन्। धनुषाकाण्डमा तत्कालीन डीएसपी रुपकुमार न्यौपाने घटुवा भएका थिए।

काभ्रेको पाँचखाल, पनौती, मंगलटार चौकीको इन्चार्ज हुँदा घुसखोरीमा बदनाम सई झालाई स्थानीय जनसमुदायले कालोमोसो दली प्रहरी कार्यालय नै आगो लगाउने भएपछि तानिएको थियो। पाँचखाल प्रहरी कार्यालयको इन्चार्ज हुँदा उनले घुस खाएर पार गराएको रक्तचन्दन बाह्रबिसेमा बरामद भएपछि तत्कालीन एसपी गीता उप्रेतीले उनलाई तत्काल जिल्लामा तानेकी थिइन्।

 तीन बर्षदेखि काभ्रेका मालदार चौकीको इन्चार्ज रहेका झालाई उनको घुुसखोर प्रवृत्तिका कारण कुनै जिम्मेवारी नदिई राखिएको थियो। तर पूजा सिंह गएपछि  सई झा उनका मुख्य विश्वासपात्र भई घुस संकलनमा सेटिङ गर्दैआएका छन्। बनेपा इलाका प्रहरी कार्यालयको मुद्दामा कार्यरत भए पनि सई झा इन्स्पेक्टर दीपक खड्काभन्दा प्रभावशाली मानिन्छन्। जिल्लाका तस्करीदेखि होटल र ठेक्कापट्टा सबैतिर एसपीले सई झालाई नै घुस असुलीमा परिचालन गरेकी छिन्।

यसैबीच, २०७१ पुस १८ गते राति पाँचखाल–३ स्थित लामीडाँडाका ज्ञानीराजा ठकुरीको हत्यामा पनि सई झाकै संलग्नता रहेको आरोप पीडित परिवारले लगाएको छ। प्रहरीलाई नै प्रमुख आरोपी बनाइएको पाँचखाल ठकुरीको मृत्यु प्रकरण्ँ थप रहस्यमय बन्दै गएको छ। ठकुरीको मृत्युलाई प्रहरीले सडक दुर्घटना बताए पनि मृतक परिवारले भने प्रहरीले षड्यन्त्र गरेको भनिरहेको छ।

 मृतकका परिवारले हत्या आरोपबाट बच्न प्रहरीले नक्कली व्यक्ति खडा गरेको बताएका छन्। प्रहरीले कार्यालयमै पत्रकार सम्मेलन गरी घटनालाई सडक दुर्घटना भएको निष्कर्ष निकालेकोमा मृतककी श्रीमती रविता गौतम ९ठकुरी० ले आक्रोस प्रकट गरेकी छिन्। ठकुरीको हत्यामा सई झा नै जिम्मेवार रहेको मृतकका आफन्तको भनाइ छ। पाँचखाल चौकीको प्रमुख हुँदा ठकुरीसहितका युवाहरूले झालाई सरुवा गराएको प्रतिशोधस्वरुप उनलाई मारिएको दाबी मृतक ठकुरीका आफन्तको छ।

  मृतककी श्रीमतीले दिएको किटानी जाहेरी प्रहरीले लिन नमानेपछि हुलाकमार्फत् रजिस्ट्री गराएर किटानी जाहेरी दिइएको छ। किटानी जाहेरीमा श्रीमानको हत्यामा प्रहरी निरीक्षक दीपक कार्की र प्रहरी नायक निरीक्षक ९सर्ई० बाबुराम झाको संलग्नता रहेको उल्लेख छ। पुस १८ गते राति गस्तीमा गएको प्रहरीले नै मेरा श्रीमान ज्ञानीराजाको हत्या गरेका हुन्, जाहेरीमा श्रीमती रविनाले उल्लेख गरेकी छिन्।

प्रहरीले १९ पुसमा बा ३ ख २७०० नम्बरको माइक्रोबसको ठक्करबाट ज्ञानीराजाको मृत्यु भएको जानकारी दिएको थियो। तर राति नै मृत्यु भएका ठकुरीको प्रहरीले लास उठाएर मुचुल्का गरी हतार हतार आफन्तलाई खबर नगरी अस्पतालमा लगिएकाले ठकुरीको हत्या रहस्यमय बनेको उनकी श्रीमतीको भनाइ छ।

Post a Comment

0 Comments