Subscribe Us

गौरबले बेचे गौरव, सेना दिवसमा भारतीय र अग्रेजी रिमिक्स गीत

काठमाडौं । भारतीय निम्तोमा सबैभन्दा बढी भारत जाने प्रधानसेनापतिका रुपमा चिनिएका गौरबसम्मेर राणा (जबरा) विवादमा तानिएका छन् । इतिहास बोकेको नेपाली सेनाले आफ्नो दिवश हरेका बर्ष शिबरात्रीका दिन मनाउँदै आएको छ । हरेक बर्ष झै यसपाली पनि नेपाली सेनाले आफ्नो दिवश भब्यता र विशेष तामझामका साथ मनायो । 

सेना दिवसका दिन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीमण्डल, ,नेपालस्थित विदेशी कूटनीतिज्ञहरु र विभिन्न सुरक्षा अंगका प्रमुखहरुको समेत उपस्थिति थियो ।

 जब नेपाली सेनाले ‘एन्टी हाइज्याककिङ रेस्क्यू ड्रिल’ को कला देखायो त्यसपछि सबैलाई आकर्षित गर्ने एउटा नृत्यकला देखाइएको थियो । जसमा  महिला सैनिकहरुको सहभागिता थियो ।

 तर उक्त दिन नेपाली सेनाले आफ्नो इतिहासिक दिवस मनाइरहँदा एकाएक नृत्यमा भारतीय र अग्रेजी रिमिक्स गरिएको गीत बजेपछि उपस्थित सबैजना आश्चर्यमा परेका थिए । भारतीय र अंग्रेजी रिमिक्स गीतमा महिला सैनिकले देखाएको उक्त नृत्य सबैले मन पराएपनि नेपालीपन नभेटेपछि सबैको मन खिन्न भएको थियो । 

सहभागित केही सञ्चारकर्मीले त नेपाली सेनाको हेडक्वाटर नै दिल्लीमा स¥यो कि क्या हो भन्दै ब्यङग गरिरहेका थिए । नेपाली सेनाका जर्नेलहरु भने महिला सैनिकको नृत्यमा मन्त्रमुग्ध थिए । इतिहास बोकेको सेनाले भारतीय गीतमा सैनिकलाई जुम्बा डान्समा नचाएपछि प्रधानसेनापति गौरबको कमाण्ड चर्तिकला देखेर सवैमा हाँसो र आक्रोश उठ्यो पनि । केही सञ्चारकर्मीले त प्रधानसेनापति गौरबले नेपाली सेनाको गौरब नै हिन्दी गीतमा लगेर सके भन्दै खिन्नता प्रकट गरे । नेपाली स्वाभिमानलाई विर्सिएरसेनाले हिन्दी गीतमा नचाएको प्रति आलोचना पनि सुरु भएको छ । सामाजिक सञ्जाल फेसबुकबाट समेत त्यसको विरोध भयो ।

Post a Comment

0 Comments