Subscribe Us

किन छ्यापीयो युवतीलाई एसिड? ट्युसन गएका दुई युबती घाईते

 काठमाडौं । बसन्तपुरको एक ट्युसन सेन्टरमा आइतबार विहान अज्ञात समूहले दुई किशोरीमाथि एसिड छ्यापेर फरार भएका छन् । बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा  एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएका किशोरीलाई एसिड  छ्यापीएको हो । 

छ्यापीएको एसिडबाट रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेत घाईते भएका छन् । विहान सवा ६बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको प्रहरीले भनेको छ । पीडितहरुले बताए अनुसार मास्क लगाएर आएको ३,४ जनाको समूहले एसिड छ्यापेर भागेक थिए । 

प्रहरीका अनुसार एसिडले संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । सीमाको भने अनुहारमा नै एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ । किन र के कारणले युबतीमाथी एसिड  छ्यापीयो यो बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments