Subscribe Us

यौन अखडामा परिणत हुदै ठमेल

काठमाडौं । राजधानीको पर्यटकिय स्थल ठमेल फेरि यौनकर्मीको लागि अखडा बन्न थालेको छ । केही बर्षदेखि बन्द भएको ठमेलको यौन अखडाहरु धमाधम खुल्न थालेका छन् । चार बर्षअघि हनुमानढोका परिसरमा प्रमुख बनेर आएका रमेश खरेलले निर्मुल पारेको ठमेलको यौैन अखडा प्रहरीको कमजोरीका कारण पुनः खुल्न थालेको हो । 
ठमेलका प्रायजसो होटल, गेष्ट हाउस, मसाज र रेष्टुरेन्टमै यौनकर्मी राखेर ब्यवसायीले गैरकानूनी धन्दा गर्न थालेको स्रोत बताउ“छ । अहिले ठमेलमा ४० प्रतिशत होटल चाईनिजले सञ्चाल गर्दै आएका छन् । जसमा चाईनिज यौनकर्मी समेत हुने गरेका छन् । चाईनिज यौनकर्मी युबतीहरुले एक रातको पा“च हजार लिने गरेको तथा उनीहरुको ८० प्रतिशत ग्राहक नेपाली नै हुने गरेका छन् । 

उता नेपाली यौनकर्मीहरु भने रातको दुई हजारदेखि ५ हजारसम्म लिने गरेको ठमेलका एक ब्यबसायीले बताए । बाटो बाटोमा समेत डील भईरहेको हुन्छ, प्रहरीले देखेंनदेखे गर्छ, होटलभित्र त झन के हेर्लान ? एक ब्यवसायीले आक्रोस पोखे ।

Post a Comment

0 Comments