Subscribe Us

कमजोर बन्दै प्रधानमन्त्री, क्रेडिट लिदै ओली

काठमाडौं । संबिधानसभाको सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व लिईरहेको नेपाली कांग्रेस र सो पार्टीका सभापति प्रधानमन्त्री शुसील कोइरालाको कमजोर र फितलो प्रस्तुतिका कारण कांग्रेसको हैसियत ओरालो लाग्न थालको छ । 

पार्टी सभापतिको हैसियतले केन्द्रीय कार्य समितिको बैठक बिभिन्न बहानामा ६ महिनासम्म नबोलाई बसिरहेका प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रीपरिषद्को साप्ताहिक रुपमा बस्नु पर्ने बैठक समेत आधा महिनासम्म स्थगित गरेका छन् । मुलुकको जल्दोबल्दो, अति महत्वपूर्ण वा सार्बजानिक महत्वका बिषयहरुमा निर्णय लिनुपर्ने बेलामा समेत प्रधानमन्त्री कोइरालाले सीके राउतलाई राष्ट्रिय अखण्डता बिरुद्ध बोल्न उचाल्ने युरोपियन युनियनका राजदूतस“ग गफिनकै लागि समय छुट्याउने गरेका छन् । 

पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाई संस्थागत निर्णय लिनुको सट्टा, कोटरीमा बसेर निर्णय लिन बानी परेका प्रधानमन्त्री कोइरालाले पार्टीलाई झैं सरकारलाई पनि लथालिङ्ग तरिकाले चलाउन खोजेका छन् । बर्तमान सरकारलाई सत्ता साझेदार दल नेकपा एमाले र सो दलका अध्यक्ष केपी ओली एक्लैले नेतृत्व गरेर टेको लगाइरहेको जस्तो देखिन्छ । मुलुकको संबिधान र ऐन बमोजिम जसरी ब्यवस्थापिका संसदको आबधिक निर्वाचनबाट जनप्रतिनिधिको छनौट हुन्छ, त्यसरी नैं पार्टीको पनि आबधिक निर्वाचनबाट नेतृत्व हस्तान्तरण हुँदै जान्छ ।

 तर पार्टी सभापतिको हैसियतमा रहेका कोइरालाले पार्टी संगठनलाई जिबन्त बनाउनुको सट्टा बिधान बमोजिम एक बर्ष थप गरी चार बर्ष बनाईएको आफ्नो कार्यकाल पुरा हुने अवस्थामा समेत महाधिवेसन गर्ने मनस्थिति बनाएका छैनन् । पार्टी भातृ संस्थाहरु नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघ जस्ता पार्टीको भावी नेतृत्व उत्पादन गर्ने संगठनमा नेतृत्वको बिकास नहु“दा पार्टीका नेता, कार्यकर्तादेखि शुभेच्छुकसम्ममा निरासा छाएको छ । ती संगठनहरुको केन्द्रीय महाधिवेसन नभएको एक दशक पुग्न लागेको अवस्थामा समेत ती संगठनको महाधिवेसन गर्न कुनैं चासो नदेखाउने प्रधानमन्त्री कोइरालाले पार्टीको सबै निकायको कार्यकाल आगामी भदौ मसान्तमा समाप्त हुने बिषयमा राम्रो जानकार भएपनि वास्ता गरेका छैनन् । 

उनले भातृ संस्थाको महाधिवेसनमा पार्टीको संस्थापन पक्षले जित्ने अवस्था नआएसम्म महाधिवेसन नगर्ने भन्दै अड्डी कसेर बसेका छन् । त्यसैले होला प्रधानमन्त्री कोइराला पार्टी संगठन भातृ संस्थाको समस्याको बिषयमा पार्टीको कुनैं पदाधिकारी वा केन्द्रिय सदस्यले कुरा उठाउना साथ समय छैन भन्दै पन्छिन थालेका छन् । पार्टी केन्द्रीय कार्य समितिले पटकपटक गरी पार्टीको साधारण र क्रियाशिल सदस्यताको नबिकरण र बितरण गर्ने समयसीमा माघ मसान्तसम्म पु¥याइएको थियो ।

 तर उनले माघ महिनाको समेत समयसीमा कटाउने सुर गरेका छन् । कोइरालाले संबिधानसभाबाट संबिधान जारी हुने अवस्था आएमा सबै समस्याको समाधान हुने भन्दै अन्य गौण वा झिना मसिना कुरा आफुसँग नगर्न भन्न थालेका छ । बिहान सातदेखि आठबजेसम्म, दिउँसो ११देखि १ बजेसम्म र बेलुकी सात देखि १० बजेसम्म टेलिभिजनका  समाचार सिरियल वा फिल्म हेरर बस्नु रुचाउने प्रधानमन्त्री कोइरालाले पार्टीको महाधिबेसनको बाताबरण राम्रो नबनेको भन्दै समय परिस्थितिले गर्दा सम्भव नभए आगामी भदौमा हुने भनिएको महाधिवेसन पनि पछि सर्न सक्छ भन्दै पार्टी पदाधिकारीहरुलाई सुझाव दिन थालेका छन् । उनले बर्तमान  सरकार रहेकै अवस्थामा महाधिवेसन गर्ने लक्ष्य राखेका छन् । 

पार्टीको महाधिवेसनको मिति निर्धारण गरिएपनि पार्टीभित्र सहमतिको आधारमा नेतृत्व चयन हुने अवस्था नआएको भन्दै कोइरालाले पार्टी उपभापति र प्रधानमन्त्री दुबै पद नछाड्ने संकेत दिएका छन् । संबिधानसभाबाट संबिधान जारी गर्न भएको सहमतिको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल एनेकपा एमाओवादी सहितका मधेशबादी दलले बिरोध गर्दै अबरोध समेत सृजना गरेको अवस्थामा सत्ता साझेदार दलले प्रतिबाद गरेको थियो । तर सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांगे्रस भने मुकदर्शक भएर बस्नु परेको छ । संबिधान जारी गर्ने अवस्थामा एमाओवादी र मधेशवादी दलले जातिय आधार संघियता र एक प्रदेश एक मधेशको माग गरिरहँदा त्यसको प्रतिबाद एमालेले ग¥यो । तर कांग्रेस र त्यसको नेतृत्व भने मुकदर्शक भएर बस्यो । बर्तमान चुनौतिपूर्ण एबं तरल राजनीतिक अवस्थामा जनताको आस्थाको केन्द्र र भरोषा एमाले र त्यसमा पनि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली भएका छन् । दलको धारणा स्पस्टसँग राख्ने र अडान लिनसक्ने नेताको हैसियतले ओलीले सत्ताको नेतृत्व गरिरहेका त छैनन् भन्ने भान हुन थालेको छ ।

कमजोर, निरिह अनि निर्णय क्षमता नभएका प्रधानमन्त्री कोइरालाले पार्टीभित्रकै असन्तुष्ट धारको नेतृत्व गरिरहेका पूर्बप्रधानमन्त्री एबं नेता शेरबहादुर देउवा पनि मुकदर्शक छन् । उनले पनि आफु राम्रो काम गरेर पार्टी र देशलाई नेतृत्व लिने भन्दै कोइरालालाई असफल बनाई आफु सफल भएको देखाउन चाहन्छन् । 

अराजनीतिक सल्लाहकार समूहको चंगुलमा फसेका प्रधानमन्त्री कोइरालालाई विगतमा काँध थाप्नेहरु यतिबेला क्रमस टाढिन थालेका छन् । उनलाई विगतको राजनीतिदेखि साथ दिने महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु पद्मनारायण चौधरी, मिना पाण्डे, फर्मुल्लाह मन्सुर, आनन्द ढुंगाना, दीलबहादुर घर्ती, दलेन्द्रप्रसाद बढु सबै असन्तुष्ट बनेका छन् । विगतमा सुशीलको राजनीतिक र सांगठानिक हैसियत बनाउन दिलोज्यान दिनेहरु कोइरालाले अवसर पाउँदा कुनैं स्थान नदिएपछि सबै चिडिएका हुन् । प्रधानमन्त्रीबाट कुनैं पनि काम फत्ते हुन छाडेपछि विगत लामो समयदेखि साथ दिएका दाङका बलदेब शर्मा मजगैयाँ, पूर्बसभासद् पुरुषोत्तम बस्नेत, सभासद् हृदयराम थानी, अमरसिंह पुन, दीपक खड्का पनि रुष्ट छन् । पार्टी सस्थापन पक्षमा भर्खरै आएका आयातित नेताले मात्र मन्त्री र राजदूत हुने अवसर पाएको भन्दै पार्टी संस्थापन पक्ष र कोइराला परिवारभित्रै बाट प्रधानमन्त्री कोइरालाको आलोचना हुन थालेको छ । 

प्रधानमन्त्री कोइरालाले हालै भारतको लागि नेपाली राजदूतमा सिफारिस गरिएका दीपकुमार उपाध्याय लामिछाने चार बर्षअघि मात्र नेपाली कांग्रेस प्रजातान्त्रिकबाट कांग्रेसमा आएका हुन् । त्यस्तै, उपप्रधानमन्त्री प्रकाशमान  सिंह, सञ्चार मन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल, शहरी बिकास मन्त्री डा. नारायण खड्का, सिंचाई मन्त्री एनपी  साउद, शिक्षा मन्त्री चित्रलेखा यादब, भौतिक योजना मन्त्री बिमलेन्द्र निधि पनि नेपाली कांग्रेसबाट अलग भई नेपाली कांग्रेस प्रजातान्त्रिक स्थापना गर्ने नेता हुन् । त्यस्तै, मन्त्रीहरु नरहरी आचार्य सुशील कोइराला पार्टी महामन्त्री हुँदै पार्टी प्रवक्ताबाट गलहत्याइएका ब्यक्ति हुन भने बन मन्त्री महेश आचार्य तत्कालिन प्रधानमन्त्री एबं पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई सेना परिचालनको  बिषयमा रक्षा मन्त्रीको हैसियतले धोका दिने र ढाँट्ने ब्यक्ति हुन । 

बर्तमान सरकारको आयु पुस  मसान्तसम्म भएकोले छिटोछिटो काम गर्नु गराउनु प्रधानमन्त्री कोइरालाले आफ्ना मन्त्री र सचिवलाई आदेश र निर्देशन दिएका कारण नैं हाल सचिव त के पियनले पनि सरकारको काम तमाम गरेको पाइँदैन् । अस्थिर सरकारले ल्याएको काम किन गर्ने भन्दै प्रधानमन्त्रीलाई समेत हेप्न थालेका कर्मचारीले मन्त्रीले भनेकै नटेरेपछि प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयका सहयोगीहरुको सुझाव, सिफारिस र निर्देशनलाई कर्मचारीहरुले धोति लगाईदिने गरेका छन् ।

Post a Comment

0 Comments