Subscribe Us

एआईजीको संरक्षणमा डन गोर्खालीको गुण्डागर्दी

raju-gorkhaliकाठमाडौंः राजधानीमा गुण्डाबीच हुने ग्याङ्वार नियन्त्रण भए पनि गुण्डागर्दी भने परालमा आगो सल्किएझै फैलिएको छ । पछिल्लो समय राजधानीमा हप्ता असुली, ठेक्कापट्टा र मिटर व्याजमा पैसा लगानी गर्ने डनहरुका कारण गुण्डागर्दी मौलाएको हो । गुण्डागर्दीबाट आफूलाई समाजसेवी भएको दाबी गर्ने अधिकांश गुण्डा यस्ता किसिमका धन्दामा लागेका छन् ।

 एक दशकअघि राजधानीकोे दरबारमार्गस्थित रोयल डिस्कोमा राकेश लिम्बुकोे हत्या गरी गत वर्ष छुटेका डन राजु गोर्खाली अहिले सर्वसाधारणको लागि समाजसेवी भए पनि ब्यापारीका लागि भने राक्ष्ँस सावित भएका छन् । ‘गुण्डागर्दी तथा कत्र्तब्य ज्यान मुद्दा सजाय काटी उमेरले ४० काटिसकेका गोर्खाली अझै सुर्धिएनन्,’ चाबहिलका एक व्यापारीले बताए । महानगरीय आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्माको आशीर्वाद पाएपछि गुमनाम रहेका गोर्खाली अहिले चावहिल र दरबारमार्ग क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेका छन् ।

गत साता हात्तीसारमा गोर्खालीले सञ्चालनमा ल्याएको ६९ नामक रेष्टुरेन्टसँगैकोे जग्गासमेत उनले जबरजस्ती कब्जा गरेर पार्किङको लागि प्रयोग गरेका थिए । जग्गा धनीले जग्गा खाली गर्ने तथा भाडा दिन गोर्खालीलाई अनुरोध गरेपछि उनले भाडा पनि नदिई पाकिङ गर्ने धम्की दिएको उजुरी महानगरी प्रहरी अपराध महाशाखा हनुमान ढोकामा दिएका थिए । तर, स्रोतका अनुसार महाशाखाले गोर्खालीलाई तत्काल पक्राउ गरे पनि एआईजी शर्माको दबाबमा छाडिएको थियो । केही महिनाअघि अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत एसएसपी रमेश फु“यालसंग फोन सम्पर्क रहेको भेटिएकै कारण फुयाललाई विमानस्थलबाट प्रधान कार्यालय तानिएको थियो । तर गोर्खालीका संरक्षक एआईजी शर्मालाई भने प्रधान कार्यालय कारबाही पक्रिया अगाडि बढाउन सकेको छैन ।

 गोर्खालीले चाबहिलको हेल्पिङ ह्यान्डस्, ओेम र मेडिकेयर अस्पतालमा गुण्डागर्दी सुरु गरेका छन् । स्रोतका अनुसार गोर्खालीले चाबहिल क्षेत्रमा रहेका व्यवसायिक कम्प्लेक्स, अस्पतालहरुको पार्किङ जबरजस्ती नियन्त्रणमा लिएका छन् भने अस्पतालमा सामान सप्लाई गर्ने हरेक ठेकेदारले गोर्खालीको अनुमति लिनुपर्ने हुन्छ । केही महिनाअघिसम्म चाबहिल चुच्चेपाटीस्थित केएलटावरको पार्किङ खुल्ला गरिएको थियो । तर अहिले गोर्खालीले कब्जामा लिएर असुल्न थालेका छन् । पार्किङ उठाएको पैसा उनले टावरलाई बुझाउदैनन् ।

 त्यस्तै गोर्खालीले चुच्चेपाटीमा रहेको भाटभटेनी सुपरमार्केटमा समेत पार्किङ लिन लफडा गरिरहेको स्रोतले बतायो । राजधानीका सम्पूर्ण भाटभटेनीमा पार्किङ निशुल्क छ । तर, गोर्खालीले बिभिन्न धाक धम्की दिएर चाबहिल भाटभटेनीको पार्किङ हत्याउन खोजेको स्रोतको दाबी छ । प्रहरीले गुण्डागर्दीमा नियन्त्रण आएको दाबी गरे पनि अपराध भने संगठित रुपमा मौलाएको व्यापारीहरु बताउँछन् । ‘प्रहरीलाई के भन्ने गुण्डा हाम्रै अगाडि आएर प्रहरीका डीआईजी, एआईजी, एसपीलाई दाई हजुर कता, डिनरसंगै गर्न पाए हुन्थ्यो भन्दै फोन गर्छन् प्रहरीले हामीलाई के सहयोग गर्ला रु’ एक व्यापारी बताउँछन् ।

Post a Comment

0 Comments