Subscribe Us

सुन भन्दै फलाम बेच्ने दम्पत्ती पक्राउ

काठमाडौं । भेटीएको सुन छ, सस्तोमा दिन्छु भन्दै सुनको ठांउमा फलाम बेच्ने श्रीमान श्रीमती पक्राउ परेका छन् । उनिहरुले योजनाबद्ध तरिकाले सर्बसाधारणलाई ठगी गर्दै आएको खुलासा भएको छ । 

नक्कली सुन देखाई १५ लाख रुपैया“ ठगी गरेको आरोपमा प्रहरीले ललितपुर लामाटारका रामबहादुर थापा भुजेल र उनकी श्रीमती धनमाया वास्तोला भुजेललाई पक्राउ गरेपछि उनिहरुको ठगीको प्रदाफास भएको हो । 

महानगरीय अपराध महाशाखा ललितपुरको टोलीले उनिहरुलाई लगनखेलबाट पक्राउ गरेको जनाएको छ । भुजेल दम्पत्तीले  सस्तोमा सुन दिन्छौं तपाईस“ग रकम छ भने लगानी गर्नुस भन्दै कलंकी बस्ने विनिता परियारस“ग १५ लाख रुपैया“ लिएर सुनको सट्टा फलामको टुक्रालाई रुमालले बेरेर दिएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । 

पोखराबाट काठमाडौं आउ“दा एउटै बसको यात्रामा चिनजान भएकी कलंकी बस्ने लमजुङ चितितिलहारकी विनिता परियारलाई भुुजेल दम्पत्तीले बिभिन्न लोभ देखाई बहिनी नाता लगाएका थिए । नाता लगाएर आफूस“ग संगत गरेमा छिट्टै प्रगति हुन्छ भन्दै उनिहरुले सुनको ठांउमा फलाम राखेर ठगी गरेको भन्दै महाशाखामा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

नक्कली सुन दिएर रकम ठगी गरेको भनी पीडित विनिता परियार र मक्तिप्रसाद वस्तीले महाशाखामा उजुरी दिएका थिए ।  उनीहरुले यसभन्दा पहिला पनि सुन हो भनी गोकणर््ँेश्वर १३ नया“वस्ती बस्ने सिन्धुपाल्चोक थाङपालचापका टिकाध्वज खत्रीको २ वटा सुनको औठी समेत ठगी गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुबै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments