Subscribe Us

सेक्स गर्न घर पुगेका कैदी झ्यालबाट फरार

काठमाडौं । लागूऔषध मुद्दामा सजयाँ भुक्तानी गरिरहेका कैदी पाशाङ शेर्पा आज आफ्नै घरबाट फरार भएका छन् । उपचारको बाहानामा बौद्ध नयाँबस्ती पुर्याएका डिल्लीबजार कारागारका कैदी आज दिउसो आफ्नै घरबाट फरार भएका हुन् । दुई बर्ष अघि लागूऔषध नियन्त्रण व्यूरोले उनलाई पक्राउ गरेको थियो । 

पाँच महिना अघि शेर्पालाई जिल्ला अदालत काठमाडौंले १५ बर्ष कैदको सजयाँ सुनाएको थियो । प्रहरी र जेलका चौकीदारलाई रिजाएर कैदीहरु अस्पतालको बाहानामा घर पुगेर परिवारसंग रमाउदै आएका छन् । घर जानको लागी कैदीको हैशियत हेरेर चौकिदारस जेलर र सुरक्षामा खटिएका प्रहरीले पाँच हजार देखी पचास हजार सम्म असुल्ने गरेको जेल स्रोत बताउछ । 

यस अघि नख्खु कारागारबाट पाटन अस्पताल पुगेका कैदी चाईनिज नागरिकले पनि पचास हजार रुपैया चौकिदारले दिएर अस्पताल पुगी फरार भएका थिए ।

Post a Comment

0 Comments