Subscribe Us

टेण्डरमा गुण्डागर्दी गर्ने डन घैंटेका सहयोगी पक्राउ

काठमाडौं । टेण्डरमा गुण्डागर्दी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा लगाएको छ । बसुन्धरा स्थित सिचाई कार्यालयमा हुन गईरहेकोे टेण्डरमा गुण्डागर्दी गरी आफू निकट ठेकदारलाई ठेक्का दिलाउन खटिएका टेण्डररे गुण्डालाई महानगरीय अपराध महाशाखा हनुमानढोकाले मंगलवार पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा ललितपुर उप.म.न.पा.१३ जाउलाखेल वस्ने वर्ष ४० को प्रदिप तण्डुकार, कुपण्डोल वस्ने वर्ष ३६ को अरबिन्द सिह, जिल्ला दोलखा डाँडागाउ गा.बि.स वडा नं. १ वस्ने वर्ष ३५ को राजु श्रेष्ठ, जिल्ला नुवाकोट कल्याणपुर गा.बि.स.वडा नं. २ वस्ने वर्ष २८ को श्रीराम तामाङ्ग, काठमाण्डौ का.म.न.पा. वडा नं. ३ चक्रपथ वस्ने वर्ष २७ को बिश्व गुरुङ, नुवाकोट किम्ताङ्ग गा.बि.स.वडा नं. ५ वस्ने वर्ष २८ को सुक बहादुर गुरुङ, र गोरर्खा हंशपुर गा.बि.स.वडा न.१ वस्ने वर्ष ३५ को पे्रम कुमार गुरुङ रहेको प्रहरी जनाएको छ । पक्राउ परेका टेण्डरे गुण्डाले आफ्नो पक्षमा टेण्डर पार्नको लागि बाटो तथा कार्यालय परिसरमा बसी अन्य ठेकदारलाई डर त्रास धम्की दिने गरेको महाशाखाले जनाएको छ ।

 सरकारी काम कारवाहीलाई नकरात्मक प्रभाब पारी शान्ती सुरक्षामा खलल पु¥याएको भन्दै महाशाखाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको जनाएको छ । स्रोतका अनुसार पक्राउ परेका गुण्डाको समुह सामाखुशिका डन कुमार श्रेष्ठ उफ घैटेका सहयोगी हुन ।

Post a Comment

0 Comments