Subscribe Us

७ करोड ठगी गर्ने ल्हारक्याल माओवादीका सभासद

दोहोरो नागरिकता र राहदानी विवादमा आलोचित एकीकृत माओवादीका सभासद ल्हारक्याल लामा र्वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर संचालक र सयौं युवासँग करोडौं रकम ठगी गरेको मुद्धाका फरार आरोपी रहेको खुलेको छ । नागरिक दैनिकमा समाचार छ ।

ल्हारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसन वापत आफूसँग पटक पटक गरी २ करोड १९ लाख  रुपैयाँ लिएर ठगी गरेको भन्दै काठमाडौं बुढानिलकण्ठका केशबहादुर गुरुङले हालेको मुद्धा वैदेशिक रोजगार विभागमा छ ।

 ठगी मुद्धामा पूर्पक्षका लाथि कारकार रहेका जाहेरीकर्ता गुरुङका अनुसार मकाउ पठाउँछु भन्दै सयौं युवाबाट ७ करोड रुपैया पनि ल्हारक्याल समूहले नै उठाएको थियो । वैदेशिक रोजगार विभागले फत्राउ गरी बुझाउन पत्राचार गरेपनि खोजेजस्तो मात्र गर्यो प्रहरीले । पक्राउ गरेन ।

Post a Comment

0 Comments