Subscribe Us

मलाई पिछा गर्ने जिवन माथि प्रहरीले अनुसन्धान गरेन्ः एसिड पिडीत संगिता,
मलाई बाँच्ने मन छैन

काठमाडौं । एसिड प्रहारबाट घाईते भए उपचारको लागी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा  रहेकी संगिता मगरले आफूलाई प्रहरीले थप पिडा दिएको बताएकी छिन् । 

प्रहरीले आफूलाई घर घरी एउटै प्रश्न सोधेर हैरान पारेको बताउदै प्रहरीकोे व्याहारले बाच्न मनसमेत नभएको गुनासो गर्न थालेकी छिन् । प्रहरीलाई आफूले सबै कुरा बताउदा पनि अपराधी पक्राउ गर्नुुको सट्टा उल्टै आफूलाई सोधपूछको नाममा मानसिक यातना दिने गरेको दाबी गरेकी छिन् । 

प्रहरीलाई आफूले शंका लागेको व्यक्तिको बारेमा सबै कुरा भनिसकेको र आफ्नो कसै संग प्रेम सम्बन्ध नरेको स्पष्ट पार्दासमेत प्रहरीले घरी घरी एउटै प्रश्न गर्ने गरेको संगिताले आँखाभरी आँसु पार्दै, भनिन्, प्रहरीको यस्तो व्यवहारले मलाई बाँच्ने मन छैन।

आफूले प्रहरीलाई सबै कुरा बताइसकेको भए पनि अपराधी समात्नुको सट्टा आफूलाई नै पटक(पटक घुमाइफिराई त्यही कुरा गरेको कारणले धेरै तनाव भएको प्रतिक्रिया उनले दिइन्। उनले रुँदै दुखेसो पोखिन्, ुजसरी बाहिर मेरो बारेमा कुरा आएको छ, त्यस्तो होइन। मेरो कुनै फेसबुक एकाउन्ट छैन। म मोबाइल बोक्दिनँ र मेरो कुनै केटासँग प्रेम पनि छैन।

म एक सामान्य परिवारको मानिस हुँ, पढेर एउटा सफल डाक्टर बन्ने सपना सजाएकी थिएँ तर आज सबै चकनाचुर भयो तेजाब प्रहारबाट। सरकारले त शैय्यामै बसेर एसएलसी परीक्षा दिनु भनेको छ। तर म आफैले लेख्न सक्ने अवस्थामा छैन। सक्नुहुन्छ भने मेरो लागि एक जना मैले भनेको कुरा सुनेर एसएलसी परीक्षामा लेखिदिने मानिसको व्यवस्था गरिदिनू, उनले याचना गरिन्।

ुगृहमन्त्रीले पीडितको परिवारले अनुसन्धानका लागि सहयोग गरेको छैन भन्नुभयो रे। त्यस्तो होइन, हामीले प्रहरीलाई सबै कुरा भनिसक्यौँ। तर पनि वास्ता गरेको छैन। मैले प्रहरीलाई आफूलाई पिछा गर्ने मानिसको बारेमा पनि जानकारी गराएको तर प्रहरीले त्यसलाई आजसम्म पक्राउ गरेको छैन। उल्टै मलाई गाली गर्छन् प्रहरीले कि यी सबै कुराको दोषी तिमी नै हो भनेरु संगीताले भनिन्, ुम बस्दै आएको घरको माथिल्लो तल्लामा राजन खड्का भन्ने एक युवक बस्थे उसले मलाई पिछा गर्थे तर प्रहरी त्यसको बारेमा अनुसन्धान नै गर्न मान्दैन।ु

Post a Comment

0 Comments