Subscribe Us

बिदेशमा युवती सप्लाई गर्ने डान्सवार सञ्चालक पक्राउ,
यस्तो छ गिरोहको र्याकेट

काठमाडौ । लामो समयदेखी नेपाली युवतीलाई मोडलको बहानामा  बिदेशमा तस्करी गर्ने गिरोह पक्राउ परेका छ । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईवी) ले अप्रेशन ‘ईगल’ नाम राखेर सुरु गरेको अप्रेशनमा डान्सबारका सञ्चालकसहित युवती तस्करीमा संलग्न १२ जनालाई पक्राउ गर्न सफल भएको हो । 

पक्राउ पर्नेमा ललितपुर ईमाडोलका ३४ बर्षीय राजन भन्ने राजेन्द्र सुवेदी खत्री, कालोपुल बस्ने ३७ बर्षीय सविन श्रेष्ठ भन्ने सविन राजा मानन्धर,भारत नयाँ दिल्ली घर भएका २७ बर्षीय रियान भन्ने तरुण्ाँ रोजना खनगवाल, काठमाडौ भ¥याङग बस्ने ३२ बर्षीय ललितराज सिंह सुवाल, मोरङग विराटनगर–७ घर भई ललितपुर एकान्तकुना बस्ने ३२ बर्षीय सुनिल अधिकारी, सिनामंगल बस्ने ३४ बर्षीय केदारबहादुर खड्का र धनकुटाका घर भई मैतिदेवी बस्ने ३४ बर्र्षीय नविन दाहाल रहेका छन् । गिरोहले नेपाली युवतीलाई बिभिन्न प्रलोभन देखाई रेष्टुरेन्टमा काम गर्ने भन्दै तान्जानिया, केन्या, युएई, बहराईन, मेलशिया, युगान्डा, ओमानलगायतका मुलुकहरुमा बेचबिखन गर्ने गरेको व्यूरोको अनुसन्धानबाट खुलासा भएको छ । 

व्यूरोले गिरोह मध्यका     सविन राजा मानन्धरको घरबाट ८ लाख ५४ हजार ५ सय रुपैया तथा दुबई, केन्या, तान्जानिया लगायतका देशहरुबाट विभिन्न रेमिटेन्स मार्फत पठाएको नगद ७० लाख ५० हजारको रिसिप्ट विलहरु बरामत गरेको छ । त्यसतै राजेन्द्र सुवेदीबाट ८० हजार र अमेरिकी डलर १ सय को १ थान र सुनिल अधिकारीबाट  नेपाली रु ९९ हजार र अमेरिकी डलर १ सय को १ थान बरामत गरेको जनाएको छ । गिरोहले विभिन्न युवतीहरुलाई बिदेश पढाउन जम्मा गरेको राहदानी २४ थान र नागरिकता १२ थानसमेत बरामत गरी अनुसन्धान थालेको बताएको छ । बिदेश पढाउनको लागी तयार पारेको केहि युवतीको फोटोसमेत सिआईबीले बरातम गरेको जनाएको छ । पक्राउ परेक गिरोहलाई सिआईबीले मानब बिचबिखन तथा ओसार पसारको आरोपमा अदालतबाट म्याद थपगरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
 
यसरी हुन्छ तस्करी
बिभिन्न ठांउमा कार्यारत युवतीलाइ आर्थिक प्रलोभनमा पारेर राम्रो काम दिलाई दिने बहानमा आकर्षक तलबको लोभ देखाई गिरोहले युवतीलाई बिदेशमा सप्लाई गर्ने गरेका छन् । यो धन्दा बिगत ७ बर्षदेखी सुरु भएको जानकारहरु बताउछन् । यो धन्दा सुरुमा डान्सबारकै केहि सञ्चालकले सुरु गरेका हुन । 

युवतीहरुलाई बिदेशमा रहेका दलालले रुचाएपछि कलाकार बनाएर दलालले भिजिट भिषामा बिदेश पु¥याउने गरेका छन् । उनिहरुको भिषा अबधि ३ महिनाको भएपनि बिदेश पुगेपछि बन्दक बनाई राख्ने गरेको प्रहरी अनुसन्धानले खुलासा भएको छ । युवतीको रुपरङ हेरेर मोलमोलाई गर्ने गरेका छन । एक युवतीको मासिक दुई लाख देखी ५ लाखसम्म दलालहरुले असुल गरेपनि युवतीले भने मासिक एक लाख कमाउनपनि ग्राहो हुने जानकार बताउछन् । रेष्टुरेन्टको युवती सप्लाई गर्नेमा एक ताका नबिन दाहल चल्तीका दलाल थिए ।

 मलेशियाबाट खुट्टा भाचिएर फर्किएकी एक युबतीको उजुरीको आधाारमा पक्राउ परेका दाहल दुई बर्ष अघि पक्राउ परी जेल चलान भई छुटेका अभियुक्त हुन् । उनका पाट्रन टिना रजत भने फरार छिन् । पक्राउ परेका राजन र सबिनपनि यि तस्करी गर्ने गिरोहमा चत्तीका नाम हुन् । आफ्नै डान्सबारका युबतीलाई राजनले दुबईमा पढाउन थालेका थिए । सबिन भने युबती खोज्ने काम गर्दै आएका थिए । यनिहरुकै समुहका अनिल परिवारलगाएत एक दर्जन दलाल फरार रहेका छन् ।

Post a Comment

0 Comments