Subscribe Us

सेना र प्रहरीको पम्पमा सिल

काठमाडौं । कम परिमाणमा इन्धन वितरण गरेको पाइएपछि सेना र प्रहरीले संचालन गरेका दुई पम्प सिल गरिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति, गुणस्तर तथा नापतौल विभाग र आयल निगमको संयुक्त टोलीले भद्रकालीस्थित सेनाको र नक्सालस्थित प्रहरी पम्पमा अनुगमन गर्दा कैफियत भेटएपछि सिल गरेको हो । 

टोलीले सोमबार विहान स्वयम्भूस्थित सशस्त्रको हलचोक फ्युल स्टेसनमा अनुगमन गरेको थियो । त्यस क्रममा ५ लिटर पेट्रोलमा १३ मिलिमिटर, ६ लिटर डिजेलमा ८ एमएल कम वितरण भएको पाइएको विभागका निर्देशक पुरुषोत्तम सुवेदीले जानकारी दिए । 

अनुगमनका क्रममा पम्पले बिलको कार्बन कपी नराखेको, पेट्रोल, डिजेलको मात्रा जाँच गर्दा बढी पाइएको भेट्यौं उनले भने ।कान्तिपुर दैनिकमा समाचार छ । 

Post a Comment

0 Comments