Subscribe Us

पाण्डे पक्राउ गर्न पुरुषार्थ देखाउने प्रहरीले ढुंगेल र खामलाई किन पक्राउ गर्न सक्दैन,
, यि हुन भिआईपी मोष्ट वान्टेड

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेमाथि तीन दशक अघि लागेको मुद्धा सम्बन्धमा सर्वोच्च अदालतले रिट खारेज गरेको दुई घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको घटना रहस्यमय बन्दै गएको छ । सर्बोच्च अदालतले पाण्डेद्धारा दायर गरेको रिट खारेज लगत्तै उनलाई नियोजित रुपमा पक्राउ गर्नुले पनि प्रहरीको नियतमा शंका उब्जिएको हो । नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुको सल्लाह र योजना अनुसार नैं पाण्डेलाई तत्काल पक्राउ गरिएको आरोप अहिले संघका पदाधिकारीले गर्न थालेका छन् । अदालतको फैसालालाई सम्मान गर्दै स्वयं पाण्डे नैं हाजिर हुने समय हुँदाहुँदै एक पेशाकर्मी ब्यबसायीलाई प्रहरीले जघन्य अपराधका फरार अभियुक्त झैं धरपकड गर्नुले घटनालाई थप रहस्यमय बनाएको छ ।

तीस बर्ष अघिको प्रकरणमा तत्कालिन राष्ट्रप्रमुखको हैसियतले कैद र जरिवाना मिनाहा गरेको दाबी गर्दै पाण्डेले अदालतमा रिट दिएका थिए । उनी नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष हुँदा कुनैं प्रश्न उठाइएको थिएन् । तर उनले अध्यक्षको उम्मेदवारी दिएसँगै उनको बिगतलाई नियोजित रुपमा उछालेर उनको ब्यबसायिक क्षबिमै आघात पुर्याउने कार्य भएको थियो । महासंघको निर्वाचनमा अध्यक्षमा निर्वाचित भए लगत्तै पाण्डेमाथि सो प्रकरण उल्टाउने चलखेल शुरु भएको थियो । पाण्डेलाई पुनराबेदन अदालतले २०४१ असार ७ गते कैद र जरिवाना गरेको थियो । तर पाण्डेले आफुलाई तत्कालिन श्री ५ को आदेश बमोजिम कैद र जरिवाना मिनाहा गरेको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । मंगलबार पक्राउ परेका पाण्डेलाई बुधबार जिल्ला अदालत काठमाडौंमा बुझाईको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

पाण्डेलाई अदालतको आदेश लगत्तै गिरफ्तार गरेर पुरुषार्थ देखाउने नेपाल प्रहरीले बर्षांैदेखी  प्रहरी खोजीसुचिमा रहेका उज्जन कुमार श्रेष्ठका हत्यारा बालकृष्ण ढुंगेल, एक दर्जन अपराधमा फरार रहेका एमाओबादी केन्द्रिय सदस्य कालिबहादुर खाम, नेपाल प्रहरीका पूर्ब डीएसपी जगदिश चन्द जस्ता फौजदारी अभियोग लागेका र सजाय पाएकाहरुलाई भने प्रहरीले खोजीसम्म गरेको छैन् । पक्राउ गर्नु त कहाँ हो कहाँ प्रहरीको खोजीको सूचिमा समेत एनबी समुहका लक्ष्मीबहादुर श्रेष्ठ, घर जग्गाका ब्यवसायी सुधिर बस्नेत, क्यासिनो माफिया राकेश वाध्वा, किस्ट बैंकका सञ्चालक कमल ज्ञवालीलगाएत दुई दर्जन भिआईपी अभियुक्तलाई प्रहरीले राख्न सकेको छैन । दर्जनौं चर्चित अभियुक्तहरुको नाममा इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी भएको बर्षौ बितिसक्दा पनि प्रहरीले उनीहरुलाई कानूनकोे दायरामा ल्याउन नसक्ने बिषय भने रहस्यमय बन्दै गएको छ ।

उज्जनकुमार श्रेष्ठ हत्याको आरोपमा सर्वोच्च अदालतद्धारा सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएका ढुङगेललार्ई उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले कार्यभार संम्हालेका दिन संचारकर्मीलाई प्रतिक्रिया दिँदै ढुंगेललाई तत्काल पक्राउ गर्ने घोषणा गरेका थिए । 

उपप्रधानमन्त्री गौतमले ‘ढुङगेल किन पक्राउ परेका छैनन्, त्यो हेर्नु पर्छ, यस्तै अवस्था रहे केही ढिला होला तर उनीमाथि कानून अनुसार कारवाही हुन्छ’ भनी सञ्चारकर्मीहरुलाई बिश्वास दिलाएका थिए । तर गौतमले प्रतिबद्धता ब्यक्त गरेको एक बर्ष बितिसक्दा पनि ढुंगेल पक्राउ नर्पनुलाई राजनीतिक संरक्षण भएको प्रष्ट हुन्छ । ढुंगेलमाथि ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको पुष्टि भईसकेको छ । खुलमखुल्ला हिडेका ढुंगेलमाथि प्रहरीले नदेखे झै गरी फरार भएको  दाबी गर्दै खोजी भईरहेको बताउने गरेको छ । त्यस्ता फरारहरुमा दलका नेतादेखि व्यवसायी र बैंकका उच्च पदाधिकारीसम्म छन् ।

कर्तव्य ज्यान, अपहरण, हातहतियार खरखजाना, सरकारी छाप कीर्ते, डकैतीको अभियोग लागेका एमाओवादी केन्द्रीय सदस्य खामपनि प्रहरीको खोजिको सुचिमा भएपनि एक दशक देखि पक्राउ परेका छैनन् । जिल्ला अदालत, काठमाडौंले ०६७ सालमै खामलाई पक्राउ गर्न सात दिने पुर्जी काटेको थियो ।

 तीन जना चिनियाँ व्यापारी माखुम दुख, ममानी र ममालीबाट यार्सागुम्बा किन्ने बहानामा करबि साढे २६ लाख रुपियाँ लुटेको आरोप पनि खाममाथि छ । तत्कालिन समयमा खाम चड्ने आई टेन नामक चोरीको गाडी भने प्रहरीले बरामत गरेको थियो । यार्सागुम्बा लुटेको आरोपमा पक्राउ परेका अन्य पाँच आरोपीलाई भने ०६७ सालमै थुनामा राख्ने आदेश जिल्ला अदालत काठमाडौंले दिएको थियो । खामको योजनामा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरण र  हत्या भएको प्रहरीको दाबी छ । तरपनि खाम पक्राउ गर्न प्रहरीले कुनै चासो नदेखाएको आरोप पीडित पक्षले गर्दै आएका छन् ।

कुनै बेला नेपालको क्यासिनोका बादशाहको रुपले चिनेनी क्यासिनो माफिया राकेश वाध्वासमेत प्रहरीको फरार सूचिमा रहेका छन् । बिगत चार बर्षदेखी फरार रहेका वाध्वालाई नेपाल प्रहरीले पक्राउ गर्न कुनै चासो देखाएको छैन् । बक्यौतासमेत गरी करिब २० करोड रुपियाँ राजस्व नतिरी बाध्वा फरार छन् । रिक्रिएसन सेन्टरका सञ्चालक वाध्वालाई फरार सूचीमा राखेको तीन बर्ष पुगिसकेको छ । उनलाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले ०६७ सालमै महानगरीय प्रहरी परसिर काठमाडौंलाई पत्र काटेपनि प्रहरीले कुनै चासो देखाएको छैन् । फरार अभियुक्त वाध्वा अहिले भारतको नयाँदिल्लीमा रहेको जानकारहरु बताउछन् । जिल्ला अदालत काठमाडौंले उनलाई जुवा मुद्धामा समेत फरारको सूचिमा राखेको छ ।

सर्वसाधारणको १८ अर्ब रुपियाँ निक्षेप अपचलन गरी फरार बैंकरहरुको सुचि पनि लामो छ । १८ अर्ब  बिगो दाबी गर्दै एक दर्जन बैंक तथा वित्तीय संस्थामा भएको घोटालाबारे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबींं) ले मुद्दा दायर गरेको थियो । जसमा एक हजार बढी बैंकरमाथि अभियोग लागेको छ । तिमध्ये करिब पाँच दर्जन कानुनको दायरामा आएपनि घोटालाका धेरैजसो नाइकेलाई भने प्रहरीले कानुनको कठघरामा उभ्याउन सकेको छैन । तत्कालिन किष्ट बैंकका कार्यकारी निर्देशक छँदा कमसल धितो र आफ्ना नातागोताका नाममा खराब ऋण दिएको भन्दै २५ करोड रुपैयाँ घोटाला गरेको अभियोग कमल ज्ञवालीलाई लागेको छ ।

 ज्ञवालीकी पत्नी गौरी खनाल पक्राउ परे पनि कमललाई भने प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । त्यस्तै, घर जग्गाको कारोबारी सुधिर बस्नेत पनि नेपाल प्रहरीको फरार सुचिमा छन् । करोडौं ठगीको आरोपमा जिल्ला अदालतबाट धरौंटीमा छुटेका बस्नेतालाई सर्बोच्च अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि उनि फरार भएको हुन् । फरार रहेका बस्नेतलाइ पनि प्रहरीले पक्राउ गरी कारागार चलान गर्न अदालतलाई सहयोग गरेको छैन् ।

Post a Comment

0 Comments