Subscribe Us

जोशी वायर कम्पनी ठगी धन्दामा

काठमाडौं । मैतीदेबीस्थित रहेको जोशी गाविन वायर ईन्ड्रष्टिज प्रालीका सञ्चालक नै ठगी धन्दामा लागेपछि उनीहरुविरुद्ध प्रहरीमा उजुरी परेको छ । पछिल्ला समयमा जोशी परिवारको ब्यबसायमा आर्थिक संकट देखा परेपछि उनीहरु पनि संकटमा परेका हुन् । जोशी परिवार सदस्यले दर्जनौं ब्यक्तिहरुसँग पैसा सापटी लिएको र फिर्ता नगरेपछि उनीहरुविरुद्ध अदालतमा समेत मुद्दा परेको हो । 

जोशी परिवार सदस्यहरुको सम्पत्ति समेत अदालतले रोक्का राखेको छ । त्यसैगरी, पीडीत मध्येका केही पीडीतहरु भने अपराध अनुसन्धान महाशाखा प्रहरीको शरणमा पुगेको स्रोतले बतायो । जोशी परिवारका सदस्यहरु अनुपमान जोशी र अपर्ना गुरुङ जोशीलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले खोजी गरेपछि उनीहरु भूमिगत भएका छन् । अपर्नँ गुरुङ जोशी भने श्रीमान अनुपमान जोशीले गरेको कारोबारबाट बच्न उनीस“ग सम्वन्ध विच्छेद भइसकेको भन्दै पन्छिने गरेकी छिन् । 

उनीहरुले ब्यक्तिगत सापटी र घरजग्गा बापत बैना लिएका पीडीतहरु एक दर्जन रहेका छन् । जसमध्ये पीडीत सोयल कार्कीको ६० लाख रुपैया“, उमिद श्रेष्ठको ४० र हरेन्द्र लिम्बुको ९० लाख रुपैया“ रहेको बताइएको छ । स्रोतका अनुसार ठग्ने प्रयोजनमा परिवारका सदस्यले अनुपमान जोशीलाई अगाडि सार्ने गरेका छन् । उनका दाजु किशोरमानले भने ग्याबियोन नेट प्राली सञ्चालन गरिरहेका छन् । उक्त कम्पनीले काँडे तार सप्लाई गर्दै आएको छ । जोशी दाजुभाईका पिता पुष्पमान जोशी समेत कम्पनीका सञ्चालक हुन् । जोशी कम्पनी र परिवारका सदस्यहरुविरुद्ध दर्जनौं उजुरी पर्ने संकेत देखिएको छ । 

पीडीतका अनुसार जोशी परिवारले नया“ ब्यबसाय गर्न, बैंकमा ऋण तिर्न वा विभिन्न बहानामा पैसा लिँदै चेक दिने, कागज गरेर पैसा भने नदिई फरार हुने गरेका छन् । उद्योग बाणिज्य महासंघमा समेत आबद्ध रहेका जोशी वायर ईन्ड्रष्टिज कम्पनीको आर्थिक अबस्था धराशायी बनेपछि यस्तो अबस्था आएको हो । स्रोतका अनुसार जोशी परिवार सदस्यहरुको २० करोड भन्दा माथि बैंकमा ऋण रहेको छ भने बैंकमा ब्याज तिर्न दिएको ब्यक्तिगत ऋण समेत त्यतिकै रहेको छ ।

Post a Comment

0 Comments