Subscribe Us

पागल प्रेमीले छ्यापेका थिए एसिड

–आफुले मन पराएकी संगीता मगरसँग बदला लिनका लागि एसीड छ्यापेको अभियुक्त जीवन खड्का भनिने जीवन विकले प्रहरीसमक्ष बयान दिएका छन् ।
–यस्ता पागल प्रेमी रहेछन् विक, आफुले प्रहार गरेको एसीडप्रकरणको समाचार छापिएका पत्रिकाहरु जम्मा पारेर कोठामा रमाएर बसेका रहेछन्
–नाटकीय पात्र जस्ता देखिने विकले पत्रकार सम्मेलनमा बेहोस भएको बाहना पनि गरे, जसको अनुहारमा पछुतोको कुनै भाव देखिँदैन थियो

काठमाडौं । काठमाडौंको वसन्तपुरमा युवतीमाथि एसिड प्रहार गर्ने पागल प्रेमी पक्राउ परेका छन् । एसिड प्रहार गर्ने जीवन खड्का भन्ने जिवन बिकलाई महानगरीय अपराध महाशाखा हनुमानढोकाले काठमाडौंको टोखास्थित उनकै डेराबाट पक्राउ गरेको हो ।
बिकलाई महानगरीय आयुक्तको कार्यलयमा आयोजीत पत्रकार सम्मेलनमार्फत सुक्रवार सार्वजनिक गरीएको छ । पत्रकार सम्मेलनमै बिकले बेहोस भएको नाटक गरेपनि उनको मुहारबाट भने मन्द मुस्कान झल्किएको थियो । बिक ढले लगत्तै प्रहरीले बोकेर उनलाई प्रहरी अस्पताल पु¥याइएको छ । प्रहरीका अनुसार उनी डिप्रेसनको औषधी सेवन गर्दै आएका छन् । संगीताले प्रेम प्रस्तावलाई अस्वीकार गरेको र संगीताको बाबुले कुटपीट गरेको बिषयलाई लिएर बिकले बदलाको भावना पालेका थिए । सोही बदला लिनका लागि एसिड प्रहार गरेको विकले बयान दिएको महानगरी प्रहरी प्रमुख एआईजी विज्ञानराज शर्माले बताए । एसिड आक्रमणको घटना सम्बन्धि छापिएका पत्रिकाहरु समेत बिकले कोठमा संकलन गरी राखेको फेला परेको छ । बिकले गत फागुन १० गते बसन्तपुरको एक ट्युसन सेन्टरमा पढिरहेको बेला संगीता र उनीहसँगै रहेकी सीमा बस्नेतमाथि एसिड प्रहार गरेका थिए । गम्भीर घाइते दुवैको उपचार भइरहेको छ । उनीहरुले अस्पतालबाटै एसएलसी परीक्षा दिइरहेका छन् ।
भारतीय सेनामा गएको यस्तो नाटक !
संगीताले प्रेम प्रस्तावलाई अस्विकार गर्नु, उनको भाईसँग एक बर्ष अगाडी बाथरुममा गाँजा खाएको बिषयलाई लिएर झगडा भएको थियो । सोही विषयलाई लिएर संगीताको बाबुले बिकलाई कुटपटि गरेपछि बदलाको भाबना जागेको अनुसन्धानका क्रममा विकको बयानबाट खुलेको थियो । उनले बदला लिन सजिलो भएपछि संगितालाई टार्गेट बनाएका थिए । आफू त्यहि घरमा बसेर उनीमाथि आक्रमण गर्दा दोष आफूलाई आउने तथा पक्राउ पर्ने डरले घरमा भारतीय सेनामा जागिर खानजान्छु भन्दै हिडेका थिए । बेलामौकामा भारतीय नम्बरबाट आफू सिक्किममा रहेको भन्दै विकले आफ्ना परिवारजनलाई टेलिफोन पनि गर्थे । बिक घरबाट हिँडेको ६ महिनापछि उक्त घटना घटेको थियो । उनलाई शंका गर्ने ठाउ प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा ठानेको थिएन । उनी ६ महिनादेखि त्यो क्षेत्रमा समेत देखा परेका थिएनन् । प्रहरीले उनीमाथी शंका गरेपनि भारतमा भएको जानकारी बिकको परिवार र संगीताको परिवाले जनाएपछि प्रहरीले उनको खोजी छाडेको थियो । 
विकसम्म यसरी पुग्यो  प्रहरी
एक साता अघि प्रहरीले पत्रकार सम्मेलन गर्दै एसिड काण्डको अनुन्साधानमा सफलता नमिलेको जनाएको थियो । पिडीत परिवारको असहयोगका कारण अभियुक्त पक्राउ नपरेको प्रहरीको मात्र नभएर गृहमन्त्री वामदेव गौतमसम्मले संसदीय समितिमा बताएका थिए । अस्पतालको बेडमा छटपटाई रहेकी संगितालाई दवाब दिने काम भएको थियो । ‘तिम्रो पे्रमी को हो ? भनेर प्रहरीले दबाब दिने गरेको छ’ समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीसँग संगिताले गुनासो गरेकी थिइन् । ‘एसिड प्रहार गर्नेलाई पक्राउ गर्न छाडेर प्रहरीले मलाई झन पिडा दियो ।’, उनको गुनासो थियो । तर, उनले आफूलाई राजन खड्का भन्नेले पिछा गर्ने गरेको तथा प्रेम प्रस्ताव राखेको पनि बताइसकेकी थिइन् । भारतीय सेनामा गएको भनेका राजनमाथि प्रहरीले पुनःअनुसन्धान सुरु गरेपछि मात्र पक्राउ गर्न सफल भएको थियो ।

Post a Comment

0 Comments