Subscribe Us

अनुसन्धानमा असहयोग बन्यो ‘स्केच’,
सार्वजनिक गर्दा मंगोलयन मुहार पक्राउ पर्दा आर्य

    स्केच एक अभियुक्त अनेक
काठमाडौं । फैजदारी अपराधमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको अबस्थामा प्रहरीले अभियुक्तको खोजी सहज तथा सुचनाको लागी स्केच तयार पारी सार्वजनिक गरेपनि त्यसले झन अन्योलता थपेको पाईएकोे छ ।  प्रत्यदक्षर्शीको भनाई तथा पीडितले दिएको जानकारीको आधारमा प्रहरीले स्केच तयार पारी सार्वजनिक गर्ने गरेको छ । 

तर अभियुक्तको पक्राउसँगै प्रहरीले तयार पारेको स्केचअसफल हुन थालेका छन् । पक्राउ परेका अभियुक्त र प्रहरीले बनाएको स्केच बिलकुलै भिन्न पाईएपछि प्रहरीले सार्वजनिक गर्दै आएको स्केज प्रति बिश्वसनियता गुम्न थालेको छ । गत १० फागुनमा राजधानीको बसन्तपुरमा दुई छात्रामाथी एसिड प्रहार गर्ने जिवन बिकको पनि प्रहरीले स्केच बनाएर खोजी गरेको थियो । 

तर बिकको पक्राउसँगै प्रहरीले बनाएको स्केच फेल खाएको छ । घटनाको तीन दिनपछि प्रहरीले प्रत्यक्षदर्शीले दिएको जानकारीको आधारमा स्केच तयार पारेको दाबी गर्दै सर्वाजनिक गरेको थियो । पीडित छात्रा, ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले स्केच तयार गरेको जनाएको थियो । तयार पारीएको स्केचमा आक्रमणकारी मंगोलियन अनुहारको जस्तो देखिन्थे । 

तर सुक्रवार पक्राउ परेका एसिड आक्रमणकारी बिक भने गहुँगरो बर्णको आर्य समुदायको भेटिए । चर्चीत रानीवार र सर्बोच्च अदालतका न्यायधिस रणबहादुर बम हत्याकाण्डको पनि प्रहरीले स्केच सार्वजनिक ग¥यो । तर अनुसन्धानको क्रममा पक्राउ परेकासंग मेल खाएन । अपराधीको पहिचान हुन नस्कदा प्रहरीले अनुसन्धानमा सहयोगको लागी स्केच तयार पार्दै आएको छ । तर अभियुक्त पक्राउ संगै फेल खान्छ, स्केच एक अभियुक्त अनेक । 

अपराध जन्य घटनामा प्रहरीले अभियुक्तको स्केच तयार बनाएर शंकास्पद तथा स्केजसंग मिल्दो जुल्दोमाथि निगरानी गर्ने तथा अनुसन्धानको दायरा ल्याउनी गर्छ । तर अभियुक्त पक्राउसँगै अनुसन्धानको लागी बनाईएका स्केचहरु फेल खाँदै गएका छन् ।  १८ जेष्ठ २०६९ मा बंगलामुखी मन्दिरबाट बा ८ च ९८५३ नम्वरको गाडीमा घरतिर फकिर्दै न्यायधिस रणबहादुर बमको गोली प्रहारबाट हत्या भयो । पल्सर मोटरसाईकलमा आएका दुई जनाले गोली चलाएको तत्कालि अबस्थामा देख्नेले प्रहरीलाई जानकारी गराए । जानकारी कै आधरमा प्रहरीले स्केच बनायो ।

 न स्केच अनुसारको सुराक आयो न अभियुक्त फेला प¥यो । पटक पटक अनुसन्धाको दायरामा आएका बाबु थापा नै अन्तत अभियुक्त ठहर भए । प्रहरीको स्केच त्याहापनि फेल खायो । बमसंगै रहेका  उनका अंगरक्षक महेश गिरी र कलाकार दीपकराज गिरीका बुवा राम गिरी को बयान तथा स्थाईनिय देख्नेले बताए अनुसार बनाईएको स्केचअभियुक्त बाबु थापा र उनका सहयोगीसंग मेल खान पुगेन । चर्चीत रानीवारी हत्या काण्डको अनुसन्धाको शिलसिलामा प्रहरीले आधा दर्जन स्केच बनाए र सार्वजनिक ग¥यो । 

तर अभियुक्त स्केचको कारणबाट नभई मादक पर्दाथ सेवन गरी हल्ला गर्दा फन्दामा परे । स्लामीसंघ नेपालका महासचिव फैजान अहमदको हत्यापछि बनाईएको स्केचपनि फेल खाएको थियो । प्रहरीले भने  अनुसन्धानको लागी बनाईएका स्केजहरु फेल खानुमा ‘स्केच स्पोटेज’ नहुंनुुको कारण स्केजहरु पक्राउ परेका अभियुक्तसंग मेल नखाएको बताउने गरेका छन् । 

Post a Comment

0 Comments