Subscribe Us

काँग्रेसलाई सत्तामा टिकाउने, एमालेलाई अडानबाट लतार्ने,
यस्तो छ प्रचण्डको रणनीति

काठमाडौं । महाधिवेशनका लागि तयार भएको सत्ताको प्रमुख हिस्सेदार नेपाली काँग्रेसलाई सत्तामै राख्ने र एमालेलाई अडानबाट लतार्ने प्रयत्नमा जुटेको एमाओवादीले संक्रमणकालिन राजनीतिलाई कायम राख्ने रणनीति तय गरेको छ ।

 उसले दोस्रो संविधानसभा आफुले भनेजस्तो नहुने भन्दै दुवै दललाई जुधाएर संविधानसभा भाँड्ने योजना बनाएको छ । यो योजनामा मधेसी मोर्चालाई पनि सहभागी गराएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोषजति का“ग्रेस एमालेको टाउकोमा थोपर्ने भएका छन् । 

खासगरी मधेसमा पाँच जिल्लाहरु भनिएका सुनसरी, मोरंग, झापा, कैलाली र कञ्चनपुरमा मधेसीसँग नै समान धारणा नभएको एमाओवादीले मधेसीको मागसँग सहमति गर्ने र त्यसलाई एमाले अध्यक्ष केपी ओलीले नकारेको बाहनामा संघीयताको मुद्दा उठाएर संविधानसभा भाँड्ने तयारी गरेको हो । जुन एमाओवादीभित्रका नेता नारायणकाजी श्रेष्ठले पनि मन पराएका छैनन् । तर, प्रचण्ड त्यहि खेलमा लागेका छन् । 

उनले यो तुरुपलाई कार्यान्वयन गराउनका लागि भारतपरस्त रहेका नेता डा. बाबुराम भट्टराईलाई कुरा मिलाउन नयाँदिल्ली पठाएका थिए भने भारतसँगको संवादको जिम्मा पनि उनलाई नै दिएका छन् । ‘भारतले मधेसीको कुरा सुन्दैन, भट्टराइको कुरा सुन्छ, प्रचण्डले अहिलेको संविधानसभामा आफ्नो कमजोर उपस्थितिलाई पनि प्रभावकारी बनाउनका लागि यसो गरिरहेका छन्’,स्रोतले भन्यो,‘संविधानसभामा आफ्नो बलजफ्ती नचल्ने अवस्था आएपछि उनले यसो गरेका हुन् ।’

सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने प्रतिबद्धतापत्र बोकेर चुनावी अभियानमा पुगेको एमाओवादीले यसमा आफ्नो स्वार्थ प्रचण्डलाई राष्ट्रपति बनाउने राखेको पनि माओवादी स्रोतले जानकारी दियो ।
पुरा गर्नै नसकिने मुद्दा लिएर मधेसी मोर्चासँगको गठबन्धन राखी संविधानसभामा प्रतिपक्षीको भुमिकामा उभिएको एमाओवादी संविधानसभा भाँड्ने तयारीमा रहेको खुलासा भएको हो । संविधानको नारा लगाउने तर समयमा संविधान नदिने उसको षड्यन्त्र ३० दलीय मोर्चाको वैठक र संविधानसभा विरोधी वैद्य माओवादीसँगको एकताको पहलले प्रष्ट बनाएको छ । 

संविधान बनाउने तर प्रक्रियामा नभएर सहमतिमा भन्ने नारामा मधेसलाई फरक टुक्रामा विभाजन गर्नुपर्छ भन्ने उपेन्द्र यादव र राजेन्द्र महतोको अडानकाबीच प्रचण्डले मोर्चामा यस्तो खुलासा गरेका थिए । ‘कांग्रेस एमालेले संविधान बनाउने कुरा गरेका छन्, त्यसलाई प्रक्रियामा रोक्नका लागि देशी विदेशीलाई देखाउनका लागि पनि वार्ताको नाटक गर्नुपरेको हो’, प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘अव आन्दोलन गर्ने बाहना पनि मिल्यो, संविधान प्रक्रियामा नजाने कुरामा पनि हाम्रो अडान भयो ।’

प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका लागि वार्ता सुरुआत गरेपनि एमाले उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतमले २९ कात्तिकमा भएको कांग्रेस–एमालेको ९ बुँदे सहमतिबाट कुरा सुरु गर्न भनेपचि विच्किएको एमाओवादीले वार्ता एक्कासी छाडेको थियो । उसले आफ्ना कुरामा सत्तारुढ नआएसम्म संविधानसभामा सहभागी नहुने पनि बताइरहेको छ । ‘कांग्रेसलाई महाधिवेशनसम्म सत्तामा रहने रहर रहेको र एमालेलाई सरकार चाहिएको बेलालाई सदुपयोग गर्नेगरी विपक्षीका नाममा हाम्रो अभियानले तिव्रता पाउनुपर्छ’ स्रोतले प्रचण्डको कुरा उल्लेख ग¥यो । प्रचण्डले संविधानसभा नमानेको वैद्यसँग एकीकरण गर्नका लागि पनि बाहिर नदेखिने गरी यो संविधानसभा नमान्ने सहमति पनि गरेका छन् । 

सोमबारमात्रै संविधानविरोधी वैद्यसँग मञ्च बाँडेका प्रचण्डको गोप्य सहमतिले यो संविधानसभाको औचित्य माओवादीहरुका लागि समाप्त भइसकेको छ । एमाओवादी कुनैपनि हालतमा संविधानसभा असफल बनाउने खेलमा लागेको र त्यसको दोषी र भागीदारी ३० दललाई पनि बनाउने उसको रणनीति रहेको छ । ‘एक त मधेसको विवाद एकातिर छ, उनीहरुलाई झुक्याउने र आन्दोलनका नाममा बहकाउने अनि यता संविधानसभा विगार्ने खेल भइरहेको छ’, स्रोतले भन्यो,‘प्रचण्डको रणनीतिक योजनाचा“ही शासकीय स्वरुपमा परिवर्तन गरी आगामी राष्ट्रपति आफुलाई हुनुपर्छ भन्ने दबाब र गोप्य सहमति कांग्रेस एमालेसँग गर्ने खेल पनि हो ।’

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चा वैठकले ५ चैतदेखि २६ गतेसम्म प्रदर्शनदेखि आमहड्तालसम्मका कार्यक्रम सार्वजनिक गरिसकेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेसँग निर्धारित समयभित्र सहमति हुन नसकेको भन्दै मोर्चाले चैत १९, र चैत २४ देखि २६सम्म आमहड्तालसहितको आन्दोलनको घोषणा गरेको हो । गठबन्धनको आन्दोलनका कार्यक्रम तयारी कार्यदलले तयार पारेको कार्यक्रम अनुसार, ५ चैतमा देशभरीका जिल्ला सदरमुकाममा विरोध सभा, धर्ना तथा जनचेतना मूलक कार्यक्रम गर्ने भएको छ । 

बिचको समयमा प्रवेशीका परीक्षाको कार्यतालिका परेको कारण गठबन्धनले चैत १४ गते प्रधानमन्त्री, मन्त्री र सरकारी उच्च ओहदाका व्यक्तिहरु सहभागी हुने सार्वजनिक कार्यक्रममा विरोध स्वरुप कालो झण्डा देखाउने र चैत १९ तथा चैत २४ देखि २६ सम्म जनआन्दोलनको उत्कर्शको समय पारी आमहड्तालको कार्यक्रम सार्वजनिक ग¥यो ।

त्यसो त मोर्चाका नाममा जति नै आन्दोलन भएपनि कुरा विग्रिसकेको स्थिति देखा परेको बताइएको छ । भारतको चाहना नहुँदानहुँदै पनि खिलराज रेग्मीलाई मन्त्रीपरिषद अध्यक्ष बनाएर चुनावी दौडमा करोडौं खर्च गरेका प्रचण्डले पुनः भारतस“गको सम्बन्ध सुधार गर्नका लागि पनि यो सवै राजनीतिक तिकडमबाजी गरिरहेको एकथरीले विश्लेषण गरेका छन् । भट्टराईलाई भारतीय सम्हाल्न लगाएर युरोपियनहरुको ध्यान आफुतिर तान्ने प्रचण्डको डरलाग्दो खेलमा संविधानसभा संकटमा पर्न लागेको बताइएको छ ।

Post a Comment

0 Comments