Subscribe Us

हतियार हालेर फसाएको भन्दै एसपीविरुद्ध उजुरी

कास्की । कास्की जिल्ला प्रहरीको प्रमुख बनेर आएका एसपी हरिबहादुर पालले गुण्डागर्दी बिरुद्ध अभियान चलाएपछि पोखरामा राजनीतिक आबरणमा गुण्डागर्दी गर्नेहरुको भागदौड मच्चिएको छ । 

गत मंगलबार नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको आबरणमा असुली गर्दै आएका धनबहादुर छन्त्याल उर्फ लक्ष्मणलाई कास्की प्रहरीले हतियारसहित पक्राउ गरेपछि गुण्डाहरुबीच भागदौड मच्चिएको हो । प्रहरीले एक सातअघि छन्त्याललाई राजधानीबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।  

पोखरा ल्याइएका छन्त्यालको घरमा प्रहरीले खानतलासी गर्दा कुटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने दुई राउण्ड गोली बरामद गरेको जनाएको छ । तर प्रत्यक्षदर्शीले छन्त्याललाई प्रहरीले हतियार हालेर फसाएको भन्दै  हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएका छन् । उनिहरुले प्रहरीको लगाएको आरोप सा“चो नभएको जिकिरसमेत प्रशासन समक्ष गरेका छन् । 

सुनियोजित तरिकाबाट प्रहरीले पेस्तोल आफ्नै खल्तीबाट झिकेर राखेको दाबीसहित जिल्ला प्रकाशन कार्यालय कास्कीमा निर्दोषलाई फसाउने प्रहरीमाथि कारबाहीको माग गर्दै स्थाईनियले उजुरी दर्ता गरेका हुन । चैत्र ५ दर्ता भएको उजुरीमा छन्त्यालको घर खानतलासी गर्दा प्रहरीले केही अबैध बस्तु नभेटेपछि   कटुवा पेस्तोल राखेर मुचुल्का तयार पारी सो मुचुल्कामा स्थानियलाईसमेत हस्ताक्ष्ँर गर्न दवाब दिएको उल्लेख छ । 

उता छन्त्यासस“ग सम्बन्ध रहेकै कारण प्रहरीले नरेन्द्र थापालाई समेत पक्राउ गरेको छ । थापा कास्की क्षेत्र नं.३ का सभासद् यज्ञबहादुर थापाका नाती हुन् । प्रहरीले थापामाथि कुनै अपराध नगरेको प्रमाण नभेटेपछि सार्बजनिक मुद्दा लगाएको छ । उता एसपी पालले राजनीतिक आबरणमा गुण्डागर्दी गर्ने कसैलाई पनि नछाड्ने बताउँदै आएका छन् ।

Post a Comment

0 Comments