Subscribe Us

रोकिएन बालिका बलात्कार,
प्रलोेभन र ललाइफकाई गर्दै आफ्न्तबाटै हुन्छन् बलात्कृत

1.१८ वर्षको बलात्कार घटना हेर्ने हो भने आर्थिक वर्ष २०५१/०५२ मा ११२ वटा घटना थिए भने २०७१/०७२ मा आइपुग्दा ९१२ घटना भेटिएको छ ।  
. 2. “मैले न्याय पाउन सकिन, अनिताले आफ्नो कापीमा म मरेमा विपिन सर र जगदीश सरलाई पक्रनु भनी लेखिएको लिखतसमेत भेटायौँ, तर प्रहरीले ती प्रमाणलाई वास्ता गरेन । अहिले पनि आरोपी खुलेआम हिँडिरहेका छन् । मैले किटानी जाहेरी दिँदा आरोपीले धम्की दिइरहेको छ ।” काठमाडौँ । नाताले मामा पर्ने एक कंशले सात वर्र्षीय बालिका र उनको दिदीलाई पटक पटक बलात्कार गरेको रहस्य खुलासा भएको छ । सात बर्षीय बालिकालाई बलात्कार गरेको कुरा सार्वजनिक भएपछि उनले आरोप स्वीकार गर्दै ती बालिकालाई बलात्कार गर्नु भन्दा अगाडि उनकै दिदीलाई समेत बलात्कार गरेको बताएका छन् ।

 बाराकी पूजा साहको बलात्कारपछि उपचारका क्रममा निधन भएको घटना सेलाउन नपाउँदै नाबालिकामाथि हुने बलात्कारका घटना एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन् । पूजाकै घटनालाई लिएर विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेकि अधिवक्ता कल्पना शर्मासँग १० वर्षमुनिकी  एक बालिकाले आफूलाई पनि शिक्षकले त्यस्तै गर्ने गरेको बताईन् ।  बालिकाबाट त्यसतो कुरा थाहापाएपछि अधिवक्ता शर्माले उक्त घटनालाई प्रहरी प्रशासनसम्म पु¥याएको जानकारी दिईन् । 

दशैँअघिदेखि ती शिक्षकले बालिकालाई बलात्कार गर्न थालेको भए पनि यो घटना करिब एक साताअघिमात्र सार्वजनिक भयएको हो । बलात्कारी शिक्षक अहिले प्रहरी खोरमा छन् । यसै साता प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी कञ्चनपुरकी एक किशोरी सामूहिक बलात्कारमा परिन् । रातको समयमा बलात्कार भएकाले पीडितले पीडकलाई नचिनेको भन्दै केही शंकासपद्  व्यक्तिलाई पक्राउ गरेपनि पिडक भने प्रहरीले पत्ता लगाउन सकेको छैन् । दाङमा केही समयअघि मात्र २० वर्षीया उषा केसी र १९ वर्षकी अनिता भण्डारीको मृत अवस्थामा फेला परे । 

१९ दिनअघि हराएका उनीहरूको शव क्षतविक्षत अवस्थामा भेटिए पनि प्रहरीले विष खाएको भनी घटनालाई सामसुम पारेको आरोप लागेको छ । मृतक केसीका बुबा अञ्चल केसीले माघ ५ गतेदेखि हराएका छोरीहरूको शव २३ गते भेटियो । छोरीको शवको दाहिने हातको तीन वटा औँला छैन र खुट्टामा समेत किला ठोकिएको थियो । शरीरमासमेत तेजाब खन्याइएको अवस्थामा शव भेटिएको थियो । उनले भने, “मैले न्याय पाउन सकिन, अनिताले आफ्नो कापीमा म मरेमा विपिन सर र जगदीश सरलाई पक्रनु भनी लेखिएको लिखतसमेत भेटायौँ, तर प्रहरीले ती प्रमाणलाई वास्ता गरेन । अहिले पनि आरोपी खुलेआम हिँडिरहेका छन् । मैले किटानी जाहेरी दिँदा आरोपीले धम्की दिइरहेको छ ।” 

आरोपी मृतकहरू पढ्ने कलेजका शिक्षक रहेको उनले बताए । आफ्नो एउटैमात्र छोरी गुमाएको पीडामा रहेका केसी जसरी पनि राज्यले आफूलाई न्याय दिलाउनुप¥यो भन्दै प्रहरीको शरणमा पुगेका छन् । तर प्रहरीले घटनालाई बेवास्ता गरेको आरोप स्थाईनियले लगाएका छन् । पछिल्लो समय महिला र खासगरी बालिकामाथि बलात्कारका घटना सार्वजनिक हुनु र यसले सञ्चारमाध्यममा पर्याप्त स्थान पाउनुले मुलुकमा अहिले उनीहरूमाथि बलात्कारका शृङ्खला बढ्दै गइरहेको स्पष्ट छ । विद्यमान कानुनअनुसार १० वर्षमुनिका बालिकालाई बलात्कार गरेमा १० देखि १५ वर्षको कैद हुने व्यवस्था छ । 

यदि सो कैद भुक्तानी गरी पीडक आएको अवस्थामा बालिका मात्र १७ वर्षको हुने भएकाले त्यही पीडकलाई आफ्नै आँखा अगाडि देखिरहँदा उनको मानसिक अवस्था कस्तो होला? अधिवक्ता अनिता महर्जनले प्रश्न गर्दै भनिन सजायको दायरा बडाउनु पर्छ । कानुनमा कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणीको अपराध गरेको मानिन्छ । यस्तो अवस्थामा करणी भएको ३५ दिनभित्र जाहेरी दिनुपर्छ । 

१० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्षसम्म, १४ वर्ष वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि १० वर्षसम्म, १६ वर्ष वा सोभन्दा बढी २० वर्षभन्दा कम उमेरकी बालिका भए पाँच वर्षदेखि आठ वर्षसम्म, २० वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए पाँचदेखि सात वर्षसम्म र लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेमा तीन महिनादेखि छ महिनासम्म कैद हुने कानूनी व्यवस्था छ । प्रहरीको तथ्याङ्कअनुसार १८ वर्षको बलात्कार घटना हेर्ने हो भने आर्थिक वर्ष २०५१÷०५२ मा ११२ वटा घटना थिए भने २०७१÷०७२ मा आइपुग्दा ९१२ घटना भएको देखिएको छ ।
       प्रलोेभन र ललाइफकाईमा बलात्कार
     महानगरीय प्रहरी परिसर ललितपुरले प्रलोभन तथा ललाइफकाईमा पारेर जर्बजस्ती करणीका घटना हुने गरेको बताएको छ । मंगलवार परिसरमा आयोजना गरेको ‘जर्बजस्ती करणी अपराध नियन्त्रण’ विषयक कार्यशालामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुष्पचन्द्र रञ्जितले जिल्लामा विगत तीन वर्षको अवधिमा ६३ करणीका घटना रहेको बताए । उनले भने यि मध्य धेरै घटना प्रलोभनमा पारेर हुने गरेको बताए ।    प्रहरीको तध्याङ्कअनुसार घटनाको अध्ययन गर्दा सबैभन्दा बढी प्रलोभनमा परी हुने गरेको पाइएको छ । सोही अवधिसम्मा प्रलोभन तथा ललाइफकाईमा परी ३१ वटा घटना भएको एसएसपी रञ्जितले बताए । 

डर र धम्कीबाट २९ घटना भएका छन् । सामूहिक बलात्कारका दुई र डकैँती गर्ने क्रममा एकको करणी भएको उनले जानकारी दिए । घटनामा पीडित १० देखि १४ वर्ष मुनिका बढी बनेका छन् । पूर्व सभासद् तथा अधिवक्ता खिमलाल देवकोटका भन्छन्, “अपराध भइसकेपछि कार्बाही गर्नेभन्दा पनि अपराध नहुने स्थिति सिर्जना गर्नेतर्फ राज्यको ध्यान जानुपर्छ ।” महिलालाई अधिकार नै कम रहेको बताउँदै देवकोटाले भएका अधिकार प्रयोग गर्न दिने हो भने महिलामाथि हुने हिंसा न्यून हुन सक्छ ।

 त्यसो त विकसित मुलुक पनि महिला हिंसाका घटना उत्तिकै सार्वजनिक पाइन्छ । सन् २०१४ मा बढी महिला हिंसा भएका मुलुकको दस सूचीमा अमेरिका पहिलो सूचीमा परेको थियो । गत वर्ष अमेरिकामा ८९ हजार २४१ महिला हिंसामा परेका थिए । यस्तै दोस्रोमा भारत परेको छ, जहाँ २१ हजार ३९७ महिला हिंसामा परेका थिए भने तेस्रोमा बेलायतमा १५ हजार ८४ महिलामाथि हिंसाका घटना सार्वजनिक भएका थिए ।

Post a Comment

0 Comments