Subscribe Us

एटिएमबाट पैसा चोरी गरी बिदेश पठाउने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईवी) ले एटिएम मेशिनबाट पैसा चोरी गर्ने बिदेशी नागरीकलाई पक्राउ गरेको छ । 

सिआईबीको टोलीले चोरी गरिएको एक करोड २० लाख रुपैंयासहित ४२ वर्षी बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्टोभलाइ ठमेलको त्रिदेवीमार्ग स्थित टेम्पल टाइगर अपार्टमेन्टबाट पक्राउ गरेको हो । रिस्टोभले  विभिन्न व्यक्तिको मास्टर, भिसा कार्डको पिन नम्वर चोरीगरी एटिएमबाट पैसा निकाल्दै आएको अनुसन्धानबाट खुलासा भएको छ । 

उनी बस्ने अपार्टमेन्टको कोठा नं ८ मा खानतलासी गर्दा सिआईबीले चोरी गरीएको १ करोड २० लाख ८ हजार ७४४ रुपैया बरामद गरेको जनाएको छ । बरामत रुपैंया मध्य उनीसँग ४० हजार अमरेकिन डलर, ५७ हजार २ सय यूरो र १८ लाख नेपाली रुपैया भेटिएको सिआईवीले जनाएको छ । कोठाबाट प्रहरीले  लेवल टाँसीएको पिन नं. समेत उल्लेख भएको १७९ मास्टर कार्ड  फेला पारेको छ । म्याग्नेटिक कार्ड रिडर, ल्यापटप, मोबाईल समेत प्रहरीले उनको कोठाबाट बरामद गरेको जनाएको छ ।

 रिस्टोभले बैंकको डाटाहरु  गैरकानुनी तरिकाले चोरी गरी आफ्नो कार्डमा सो डाटा राखी एटिएम मिशिनबाट पैसा निकाल्दै आएका थिए । बिषेश गरी उनले दरबारमार्ग, ठमेल क्षेत्रमा भएका बिभिन्न बैंक एटिएमबाट पैसा निकाल्दै आएको अनुसन्धाबाट खुलासा भएको छ । एटिमबाट निस्केको नेपाली पैसालाई उनले मनी चेन्जरमा लगि यूरो र डलरमा परिबर्तन गरीे विदेश पठाउने गरेको खुलासा भएको छ ।

 हिमालयन बैंकको एटिमबाट पैसा हराएपछि सिआईवीले अनुसन्धान थालेको थियो । अनुसन्धानको लागी बैंकले उपलब्ध गराएको शिसि टिभी फुटेजमा रिस्टोभलाई शंकास्पद देखिएपछि उनको खोजी सुरु गरेको थियो । चैत ५ गते ठमेल आसपासका एटिएम मेसिनहरुमा पटक पटक कार्डहरुको प्रयोग गरेको शंकास्पद गतिविधि देखिए पछि प्रहरीले रिस्टोभलाई पच्छयाएको थियो । 

उनले दिउसोको समयमा त्रिदेवीमार्ग क्षेत्रमा रहेका विभिन्न बैंकहरुको एटिएममा पस्ने र त्यहाँ कम्तिमा १० देखी १५ मिनेट बसी फेरि अर्को एटिएम मेसिनमा पस्ने गरेका थिए । पटक पटक गरि पछिल्लो ६ महिनामा ४ पटक भिसा एक्जिट गर्दै उनी नेपालमा बस्दै आएको सिआईबीले जनाएको छ । उनले एटिमबाट पैसा निकाल्नको लागी प्रयोग गरिएका जुत्ता टोपी माक्स र चस्मासमेत बरामत गरेको छ ।

Post a Comment

0 Comments