Subscribe Us

सुन तस्करको ट्रान्जिट काठमाडौं,
आईजीपीदेखि गुहमन्त्रिसम्म सेटिङ,
पक्राउ परे भरियालाई २५ लाख

काठमाडौं । राज्यको कानूनलाई चुनैती दिदै सुन तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएर दैनीक सय किलो सुन भारत पु¥याउदासमेत नियन्त्रणको प्रयास गरिएको छैन । यसको लागि सरकारले सुन तस्करी रोक्न कुनै बिषेश कदम नचाल्दा सुन तस्करीमा सरकार, राजश्वका कर्मचारी र प्रहरीको मिलोमतो रहेको दाबी गर्न थालिएको छ ।

 पटक पटक सुनसहित पक्राउ परेका भरीयाबाट सुुनका मालिक र क्यारिङवालासम्म पुग्न नखोज्नुले सुन तस्करीमा ठूलै सेटिङ भएको आधार भेटिएको छ । अनुसन्धानको क्रममा राजश्वका कर्मचारीले सुन मालिकलाई कानूनको दायरा ल्याउन नखोज्नुले सुन तस्करीमा सरकार, प्रहरी र राजश्वका कर्मचारीको मिलोमतो रहेको दाबी गर्न सकिन्छ ।

 एउटा चोरीएको मोबाईलको अनसुन्धानको क्रममा मोबाईल चोर्ने, किन्ने र बेच्ने तिन जनालाई पक्राउ गरेर मुद्दा चलाउन सक्ने नेपाल प्रहरीले अनगिन्ती पटक पक्राउ परेका भरियाको मुखबाट सुनका क्यारिङवाला तथा मालिकको बारेमा थाहा नभएको रेडीमेट बयानको आधारमा पक्राउ गर्ने प्रहरी र अनसुन्धान गर्ने राजश्वका कर्मचारीले भरीयालाई मात्र मुद्दा चलाउने कार्यले सुन तस्करीमा सरकार, उच्च प्रहरी अधिकृत र राजश्वका कर्मचारीको हात रहेको पुष्टि गर्छ । 

नेपाल प्रहरीको तथ्याङ अनुसार अहिलेसम्म तिनसय किलो सुन बरामत भएको छ । तर आजका दिन सम्म कुनैपनि अबैध सुनका मालिक पक्राउ नपर्नाले सुन तस्करी रोक्न सरकारले वेवास्ता गरेको आरोप लाग्न थालेको छ । बिश्वको अगाडी नेपाल सुन तस्करीको ट्रान्जिट स्थल भएको आरोप लागीरहेको बेला सरकारले सुन तस्करी रोक्न कुनै पहल नगर्नुले सुन तस्करीको सेटिङ गुहमन्त्रि देखि आईजीपी र राजश्वका उच्चकर्मचारीको मिलोमतो रहेको स्रोतको दाबी छ । ३५ किलो सुन सुराकी काण्डले प्रहरी संगठनदेखि लेखा समितीमा हंगामा मच्चिरहेको बेलामा तत्कालीन समयमा पक्राउ परेका सुनका मालीक घ्यामचोलाई उनमुक्ति दिएको बिषयमा भने सरकार मौन रहेको छ ।

 भरियास“ग बरामत भएका ३५ किलो सुन र उनिहरुकै बयानको आधारमा पक्राउ परेका घ्यामचोलाई राजश्वका कर्मचारीले मुद्दा फितलो बनाई अदालतबाट उनमुक्ति गराउन सफल भएका थिए । नेपाल प्रहरीको केद्रिन्य अनसुन्धान ब्यूरो (सिआईबी) ले बरामत गरेको उक्त सुनको सुराकी काण्डले यतिखेर सिआबीका तत्कालीन डीआईजी प्रकाश अर्याललगाएत  अन्य केहि अधिकृतको जागीर धरापमा परेको बेलामा उक्त सुनका मालिक घ्यामचोलाई उनमुक्ति दिएको बिषयमा भने का“है कतै कुरा नउ्ठुले पनि सरकारको सुन तस्करस“ग मिलोमतो भएको पुष्टि हुन आउछ । 

पक्राउ परेका सुनका भरीयाले तत्कालिन समयमा सुनका मालिक घ्यामचो भएको बयान दिएपछि उनलाई सिआबीले  पक्राउ गरेको थियो । थप अनसुन्धानको लागी सिआबीले राजश्व अनसुन्धान बिभागमा जिम्मा लगाएका थिए । घ्यामचोलाई राजश्वका कर्मचारीको मिलोमतोमा भरीयाको बयान फेर्न लगाई मुद्दा फितलो बनाएर अदालतबाट उनमुक्ति दिने काम बिबादास्पद सहसचिब भरत सुबेदीले गरेका थिए । 
सुनको गोदाम बौद्धमा 
तस्करहरुले खासाबाट ल्याएको अबैध सुन राजधानीको बैैंद्धमा गोदाम गर्ने गरेका छन् । सुनसहित पक्राउ परेका अधिकांश   भरियाहरुको बयानबाट सुनको हब बौद्ध र स्वमभु भएको पुष्टि हुन्छ । पक्राउ परेका अधिकाम्स भरियाले प्रहरीलाई बैद्ध क्षेत्रमा सुन लिन मान्छे आउछ भनेर सुन पठाएको बताउने गरेका छन् । स्रोतका अनुसार बैद्धमा सुन गोदाम गर्ने तथा अधिकास्स सुनका क्यारिङवाला बैद्धमै बस्दै आएका छन् ।

 विभिन्न सुराकीबाट सुरÔा निकायले सुनसहित पक्राउ गरे पनि सुन बोकेर आउनेले अहिलेसम्म कसलाई सुन दिन ल्याएको भन्नेबारे नाम बताउदैनन् । भरियाहरुले बौद्धलाई देखाए पनि प्रहरीले भने बौद्धÔेत्रमा बस्ने कुनै पनि सुन तस्करलाई पक्राउ गर्नसकेको छैन ।  राजश्वका कर्मचारीको मिलोमतोमा भरियाको बयान मिलाएर अदालतबाट सेटिङमा छुटेका घ्याम्जो लामा बौद्ध क्षेत्रमै होटल सञ्चालन गर्छन् । उनी तातोपानीबाट हुने सुन तस्करीक नाईकेका रुपमा चिनिन्छन् । सिन्धुपाल्चोकको तातोपानी नाका, काठमाडौंका विभिन्न ठाउँ तथा ताप्लेजुङबाट समेत काठमाडौं आएर मात्र सुन बाहिर जाने गरेको देखिएको छ । केही समयअघि चीनबाट ताप्लेजुङमा ल्याइएको सुन पनि काठमाडौंमा आउँदै गर्दा नागढुंगानजिक पक्राउ परेको थियो ।

 त्यतिबेला पनि बौद्धतर्फ सुन लैजान लागेको बयान भरियाले दिएका थिए । उक्त घटनाले चीनबाट आएको सुन सिधै भारततर्फ भन्दा पनि काठमाडौंको बौद्धÔेत्रमा पुगेपछि मात्र वितरण हुने गरेको देखिन्छ । बौद्धमा ३०÷४० जनाको हाराहारीमा सुन तस्करहरु रहेको अनुमान गरेको छ । अधिकांश सुन तस्करीका भरियाहरुले चिनिया“ वा तिब्बेतियन मूलका मानिसहरु सुनका मालिक भएको बताउने गरे पनि तस्करीमा कुनै पनि चिनिया“ वा तिब्बेतियन मूलको नागरिक पक्राउ नपर्नुले उच्च सुरÔा अधिकारीहरु सुन तस्करका बारेमा जानकार हुँदाहुँदै पनि मौन बसेको देखिन्छ ।

 केही समयअघि १५ किलो सुन र स्कुटरसहित पक्राउ परेका तिब्बेतियन मूलका पातेन खम्बाले आफू नेपाली नागरिक भएको बताए पनि उनी राम्रोसँग नेपाली भाÈा बोल्नसमेत जान्दैनन् । उनी अहिले नख्खु कारागारमा छन् । उनलाई भेट्न एक साताअघि बौद्धÔेत्रका गुम्बाका एक व्यक्ति कारागार पुगेका थिए  । तेस्तै सुन क्यारिङ गर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपूर बस्ने दिनेश श्रेष्ड, हिमाल श्रेष्ठ, पे्रम श्रेष्ठ बैद्धबस्ने टेब्बो शेर्पा, निमा शेर्पा, दोर्जे शेपा, सोनाम लामा, र एक ताकाका चन्दन तस्करका बादशाहा मानीने नारण पौंडेलको भाई राजकुमार पौंडेलपनि सुन क्यारिङ गर्ने गिरोह मध्यका अग्रस्थानमा रहेको स्रोतले बतायो ।
पक्राउ परे २५ लाख
सुन सहित पक्राउ परेमा भरियाले २५ लाख पाउने सहमति हु“दो रहेछ । सुन आफ्नै भनेर जिम्मा लिएको खण्डमा क्यारिङवालाले २५ लाख रुपैंया उपलब्ध गराउने रेछन् । नेपालको कानूनले जति जरिवाना भएपनि ४ बर्ष कैद भोगेपछि पुग्छ । त्यसको फाईदा उठाउदै तस्करी र क्यारिङवालाले भरियालाई लोभ र लाच्चा देखाई २५ लाखमा चार बर्ष जेलमा राख्छन् । प्रहरीलाई वा राजश्वमा नाम पोलेको खण्डमा भरियाले उक्त रुपैंया पाउदैनन् स्रोत भन्छ । 

Post a Comment

0 Comments