Subscribe Us

तस्कर भागेपछि डीएसपीलाई तनाव

सिन्धुपाल्चोक । सुन देखी नुनसम्म तस्करी हुने सिन्धुपाल्चोक जिल्लाको सिमाक्षेत्रमा पक्राउ परेका एक तस्कर शसस्त्र प्रहरीको नियन्त्रणबाट फरार भएपछि जिल्लामा खैलाबैल्ला मच्चिएको छ । फरार रहेका तस्कर कुमार लामा परिवारको सम्पर्कमा नआएपछि परिवारजनले प्रहरीले बेपत्ता पारेको आरोप लगाएका हुन । 

जिल्लाको केदारी क्षेत्र र बाह्बिसेमा फरार लामालाई सशस्त्रको टोलीले बेपत्ता पारेको दाबी गर्दै उनका आफ्न्तले आन्दोलनको तयारी गरेका छन् । गत ११ गते खासाबाट अबैध तरीकाले ग्यास सिलिण्डर ओसार्न लाम्लो बोकेर चोरीबाटो हिडीरहेका लामालाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका लामाले ग्यास तस्करी गर्ने गरेको सहजै स्वीकारेका थिए सिमाक्षेत्र सुरक्षामा खटिएको सशस्त्रका डीएसपी रामजी केसीले बताए । 

तस्करीको ग्यास उनले कोठामा स्टोर गरेको बताएपछि सशस्त्रको टोली लामालाई लिएर उनको घरमा पुगेको थियो, तर घरमा दुई वटामात्र ग्यास भेटीयो डीएसपी केसीले बताए ।  उनले भने,‘अरु ग्यास काँह छ भन्दा साथिहरुले लगेर निगालोको झ्याङमा लुकाएको हुनसक्छ भनेर लामाले भन्यो त्यसपछि लामालाई लिएर त्यसतर्फ जादै गर्दा उनि फरार भए । रातको ९ बजीसकेको थियो खोज्ने अबस्थापनि थिएन । ठूला ठूला भिर, तल भोटेकोशी छ, प्रहरीलाई राम्रो संग बाटोपनि थाहा थिईन । 

 समान्य तस्करी भएको कारणले कारवाहीबाट बच्यो भन्ने सोचीयो भोलीपल्ट उनका आफ्तले हिजो पक्राउ गरेको मान्छे खोई भनेपछि परिवारको सम्पर्कमा नआएको थाहा भयो डीएसपी केसीले बताए । फरार लामाको खोजी भईरहेको जनाए । उता लामाका आफ्न्तले प्रहरीले बेपत्ता पारेको आरोप लगाएका छन् । केही समय देखी बाह्बिसे क्षेत्रमा खासाबाट अबैध तरीकाले ग्यास भि¥याउने गिरोह सक्रिय रहेका छन् ।

Post a Comment

0 Comments