Subscribe Us

प्रेमीकासँग बस्न अपहरणको नाटक

काठमाडौं । घर परिवार छाडेर प्रेमीकासँग बस्न एक युवकले अपहरणको नाटक गरी बाबुसँग १५ लाख फिरौंती मागेको खुलासा भएको छ ।

अपहरणको नाटक गर्ने ललितपूरका अन्जन ठाकुरको पक्राउ पछि उनको योजना खुलासा भएको हो । उनले परिवासंग छुटिएर प्रेमीकासँग बस्न आफूले उक्त नाटक रचेको प्रहरीलाई बताएका छन् ।

 गत शनिवार करिब १०ः३० बजेको समयमा अन्जनले  ईमाडोलमा रहेका आफ्ना बुबा कृष्ण बल्लभ ठाकुरको मोवाइलमा फोन गरी  ? तेरो छोरा हाम्रो नियन्त्रणमा छ, छोरालाई सकुशल छुटाउनु छ भने नगद रु.१५ लाख फिरौती रकम देउ भन्दै फोन गरेका थिए । 

छोरा अपहरणमा परेको फोन आएपछि ठाकुरले महानगरी अपराध महाशाखा ललितपूरमा उजुरी दिएका थिए । अपहरणमा परेका अन्जनलाई खोजी गर्दै जाँदा प्रहरीले उनलाई आईतवार पक्राउ गरेको थियो । प्रहरीले उनलाई र्आतवार बिहान ललितपुर सानागाँउ बाट पक्राउ गरेको हो । अन्जनले बुबालाई आफैले फोन गरी भ्रममा पारी अपहरणाकोे नाटक गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । 

नाटक गर्ने अन्जनलाई आबश्वक कारवाहीको लागी महानगरी प्रहरी परिसर ललितपूर पठाएको महाशाखाले जनाएको छ । अन्जनले आफूसंगै ११ मा अध्यनरत एक केटीसाथी बिहे गर्ने घरमाबाट अस्वीकार भएपछि अपहरणको नाटक गरी बुबासंग पैसा फुत्काएर छुट्टिएर बस्न खोजेको बताएका छन् ।

Post a Comment

0 Comments