Subscribe Us

यातायात र मालपोतमा मन्त्री पण्डितको छड्के

काठमाडौँ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सोमवार छड्के निरक्षण गरेका छन् । 

 सेवा प्रवाहको सम्बन्धमा गुनासो बढेपछि मन्त्री पण्डितले छड्के चेकचाँच गरेका हुन । छड्केमा पुगेका मन्त्री पण्डितले कार्यालयस्तरबाट हुनसक्ने सुधारका काम कार्यालयले नै गरी मन्त्री र मन्त्रालयस्तरबाट सुधार गर्नुपर्ने कार्यका लागि लेखीत पठाउन आग्रह गरेका थिए । 

“कार्यालयले प्रदान गर्नुपर्ने सेवा सुविधा सहजताका साथ प्रदान गर्नु, कर्मचारीका लागि तोकिएको पोसाक नियमलाई अनिवार्यता साथ लागू गर्नु, अनियमितता र भ्रष्टाचारका कामलाई रोक्नु”, भन्दै मन्त्री पण्डितले कार्यालय प्रमुखलाई निर्देशन दिएका थिए । कार्यालय प्रमुख राजेश पौडेलले कार्यालयमा सेवाग्राही मैत्री भौतिक पूर्वाधार नहुनाले सेवा प्रवाहमा असर परेको गुनासो गरेका थिए ।

 “कार्यालयले प्रदान गर्ने सेवा सुधारका लागि अहिले प्रयोग गरिरहेको सफ्टवेयर विस्थापन गरी अत्याधुनिक सफ्टवेयर जडान गरिनु आवश्यक भएको छ”, कार्यलय प्रमुख पौंडेले मन्त्री पण्डितलाई बताएका थिए । बैंकमा गएर सवारी कर तिर्दा कुन साधनको तिरियो भनी सफ्टवेयरमा नआउने भएकाले कार्यालयमा आएर फेरि अर्को भौचर काट्नुपर्ने बाध्यता रहेको गुनासो पौंडेल मन्त्री समक्ष गरेका थिए । 

“कार्यालयमा अनियमितता रोक्न बिचौलियालाई हटाउन आवश्यक छ, यसका लागि माथिल्लो निकायबाट नै पहल गरिनु आवश्यक छ”, कार्यालय प्रमुख पौडेलले बिचौंलियाको कुरामा मन्त्रीलाई स्पष्ट पारेका थिए । मन्त्रीले कार्यलय प्रमुखलाई आदेश दिई रहदा एक महिलाले आफूले फाइल दिएर भित्र विचौलियालाई पठाएको बताएपछि मन्त्री पण्डितले कोही पनि बिचौलियालाई कार्यालयभित्र छिर्न नदिनु भन्ने निर्देशन दिए । तर, उपसचिव पौडेलले भने लाइसेन्स लिएर आएका पेशेवर लेखन्दासहरु कार्यालयभित्र छिर्ने परम्परा रहेको बताए । तर, मन्त्री पण्डितले मानेनन् । 

मोरङ जिल्ला प्रशासन कार्यालयमा असम्बन्धित व्यक्ति छिर्दा एक हजार रुपैयाँ जरिवाना गर्ने गरिएको मन्त्री पण्डितले जानकारी दिँदै भने–‘यहाँ कोही पनि बिचौलिया नछिरोस्, छिरेको पाइयो भने त्यसपछि आउने परिस्थितिबारे म केही जान्दिन,’ नयाँ कार्यालय प्रमुख उमेश बस्नेतको कार्याकक्षमा मन्त्री पण्डितले भने, ‘आफूले यातायात व्यवस्था मन्त्री विमललेन्द्र निधिलाई यातायात कार्यालयको निरीक्षण गर्न आग्राह गर्दा पनि नआएपछि आफैं छड्के जाँच गर्न आएको बताए निरीक्षणमा मन्त्री पण्डितसंग प्रशासन सुधार सुझाव समितिका अध्यक्ष काशीराज दाहाल र सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको समेत सहभागिता थियो ।

 याताकार्यलयको चेकजाँचपछि मन्त्री पण्डितले कंलकिस्थित मालपोत कार्यलयमासमेत निरक्षण गर्न पुगेका थिए । उनले मालपोतका कर्मचारीलाई ६ बजे नै कार्यलय उपस्थित हुन निर्देशन दिएका थिए । कर्मचारीले ६ बजे सेवा ग्राही कोही आउदैनन् भनेर जवाफ दिदां सेवा ग्राही नआएपनि कर्मचारी आउनुपर्छ भन्दै समयमा कार्यलय नआई कारवाहीको भागेदार हुनेपर्ने स्पष्ट पादै निस्केका थिए ।

Post a Comment

0 Comments