Subscribe Us

कसम खाएपछि वैठक फिक्स

काठमाडौं । आफु कमजोर भएपछि परालको त्यान्द्रोमा पनि अडिनुपर्छ भन्ने नेपाली परम्परागत भनाई छ । कमजोर अवस्थामा जस्तालाई पनि साथ लिएर अघि बढ्ने राजनीतिक तिकडमबाजी कम हुने गरेको छैन । अहिले पूर्णरुपमा राजनीतिक कमजोरीको पगेरी बोकेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहयोगका लागि निक्कैको शरणमा पुग्ने गरेका छन् । 

संविधानसभामा रहेका साना दलहरुलाई मोर्चाको रुप दिएर अघि बढेका प्रचण्ड अहिले माओवादीहरुस“ग पनि एकताको कुरामात्र गरिरहेका छैनन्, पछिल्लो पटक विभाजन भएको नेत्रविक्रम चन्दको शरणमा पनि पुगेका छन् । स्रोतका अनुसार चन्दस“ग सहयोग मागेर प्रचण्डले सरकार गलाउन र गिराउनका लागि संयुक्त आन्दोलनको कुरा पनि गरेका छन् । 

चन्दस“गको छलफलपछि नै प्रचण्डले अन्य माओवादीहरुस“गको वैठक राखेका थिए । प्रचण्डले माओवादी मिलाउने नाममा शान्ति सम्झौताको मुद्दालाई अगाडी सारेका थिए । तर, चन्द अहिले पनि प्रचण्डलाई विश्वास गर्ने पक्षमा नरहेको स्रोतको दाबी छ । यद्यपी, प्रचण्डले शान्ति सम्झौता विरोधी काम भए संविधानसभा छाड्नेसम्मको कसम खाएपछि माओवादीहरुको वैठक फिक्स भएको थियो । 

एकीकरणका लागि वार्ता सुरु गरेका आधा दर्जन माओवादी पार्टीहरुले शान्ति सम्झौता लागू नभएको भन्दै संयुक्त आन्दोलन गर्ने निर्णय गरेका हुन् । नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा एकताको लागि छलफल गरका उनीहरुले २३ चैतमा देशभर विरोध कार्यक्रम गर्ने निर्णय गरे ।

नेपाल सरकारस“ग २०६३ मंसिर ५ गते विस्तृति शान्ति सम्झौता गरेर तत्कालीन विद्रोही नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएको थियो । शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादी विभाजित भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले बैठक शान्ति प्रक्रियाको बिषयमा केन्द्रित भएको बताए । उनीहरुको मत सर्वोच्च अदालतको निर्णयको विरोधमा मिलेको छ । केही साताअघि सर्वोच्च अदालतले युद्धकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिन सरकारको नाममा आदेश दिएपछि माओवादी पार्टीहरुले त्यसको विरोध गर्दै आएका छन् । 

बैठकमा सहभागी नेताहरुले सत्तापक्षले शान्ति सम्झौता उल्टाउन लागेको समिक्षा गरेका थिए । ६ पार्टीले शान्ति सम्झौता लागू गर्न दवाब दिने उद्देश्यले १४ चैतमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरे । एमाओवादी र नेकपा–माओवादीबीच एकताको लागि वार्ता अघि बढाउन गठित कार्यदललाई पुर्नगठन गर्ने निर्णय पनि भएको छ । बैठकले द्वन्द्व पीडितलाई राहत दिन सरकारले ढिलाई गरेको भन्दै दवाब सिर्जना गर्ने निर्णय गरेको छ ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा–माओवादी अध्यक्ष मोहन बैद्य, नेकपा (माओवादी)का अध्यक्ष मातृका यादव, नेकपा माओवादीका अध्यक्ष नेक्रविक्रम चन्द, नेकपा एकीकृतका परि थापालगायत सहभागी थिए । ६ पार्टीको बैठक हुनुअघि एमाओवादी र नेकपा–माओवादी शीर्ष नेतृत्वबीच पार्टी एकताको बिषयमा छलफल भएको थियो ।

त्यहि क्रममा अव मुठभेड भएपनि जे भएपनि संयुक्त रुपमा लड्ने माओवादीबीच गोप्य सहमति भयो । सहमति हुने कुनै गुञ्जायस देखिएको छैन, सत्तापक्षले सहमति चाहेको छैन । अव मुठभेड हुन्छ । दलभित्रै गुट उपगुट छन्, कोस“ग कुरा गर्ने भन्ने नै टुंगो छैन, बाह्रबु“दे र शान्ति सम्झौता गर्दा जुन मोडलमा गरियो, त्यतिको पनि छैन भन्ने निष्कर्षमा माओवादीहरु पुगेका छन् ।

Post a Comment

0 Comments