Subscribe Us

नेपाली भूमिमै प्रबेश गरी भारतीले चलाए गोली

बदिर्या । नेपाली भूमिमा प्रबेश गरी भारतीय वन रक्ष्ँकले गोली चलाउदा एक नेपाली घाईते भएका छन् । बदिर्यासँग सीमा जोडिएको भारतीय सीमा नजिकैको मुतिर्या रेञ्जपोष्टका वन रक्षकहरुले गोली चलाउदा रमेश लोध घाइते भएका हुन् । 

 उनको आ“खामा छर्रा लागेको प्रहरीले जनाएको छ । बदिर्यासँगै सीमा जोडिएको दशगजानजिकै ६१ र ६२ नम्बरको सीमा स्तम्भको बीचमा करिब ५ सय मिटर भित्र आई भारतीय वन रक्षकले गोली चलाएका थिए । दशगजा नजिकैको सीताराम लोधको खेतमा मुसुरो काट्न गएका रमेश लोध, भेरी लोध, चोपो लोध र बुद्धि लोधलाई ताकेर भारतीय वन रक्षकले गोली चलाएका थिए । उनीहरुले ५ राउण्ड गोली प्रहार गरेकोे पीडितहरुले बताएका छन् ।

 घाइतेहरुको बदिर्या जिल्ला अस्पताल उपचार भईरहेको छ । उनीहरुले १२ बोरको बन्दुकबाट गोली चलाएको र घटनास्थलमा एउटा खोका बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए । घटनास्थल सदरमुकाम गुलरियाबाट ५ किलोमिटर दक्षिण पर्छ । गोली प्रहारको घटनालगत्तै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा बैठक डाकिएको छ ।

Post a Comment

0 Comments