Subscribe Us

युवती तस्करी गरी करोडौंको महल,
एक गिरोहको पक्राउ पछि एक दर्जन गिरोहका नाईके गोवा र सिक्किम

काठमाडौं । नेपाली युवतीलाई मोडलिङको बहानामा बिदेश युवती तस्करी गर्ने एक गिरोहका नाईके पक्राउसँगै अन्य गिरोहको भागदांैड मच्चिएको छ । 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) ले ‘ईगल’ नाम राखेर सुरु गरेको अप्रेशनमा युवती तस्करी गर्ने गिरोहका नाईके पक्राउ परेका हुन् । उनको पक्राउसँगै युवती तस्करीमा संलग्न अन्य गिरोहले अहिले राजधानी छोडेर गोवा र सिक्किम पुगेको छ । स्रोतका अनुसार युवती तस्करीमा संलग्न कालीमाटीस्थित एके डान्सवारका सञ्चालक ज्ञानु श्रेष्ठ, नया“ बस्तीका दीपक, नयाँ बानेश्वका नरेश, मैह्पीका गोपाल लामा, प्रकाश नामले चिनिने डान्सर अहिले फरार भएर गोवा र सिक्किम पुगेका हुन । फरार भएका सबै गिरोह बषौंदेखि युवती तस्करीमा संलग्न थिए । 

गत साता सिआईबीले डान्सबारका सञ्चालकसहित युवती तस्करीमा संलग्न १२ जनालाई पक्राउपछि सार्वजनिक गरेलगत्तै उनीहरुले फरार भएका हुन् । युवती तस्करीकै पेशा अपनाएर करोडौं रुपौंया“ थुपारेका छन् । गत साता सिआईबीले पक्राउ गरेको ईमाडोलका ३४ बर्षीय राजन भन्ने राजेन्द्र सुवेदी खत्री, कालोपुल बस्ने ३७ बर्षीय सविन श्रेष्ठ भन्ने सविन राजा मानन्धर, भारत नया“ दिल्ली घर भएका २७ बर्षीय रियान भन्ने तरुण रोजना खनगवाल, काठमाडौं भ¥याङग बस्ने ३२ बर्षीय ललितराज सिंह सुवाल, मोरङग विराटनगर–७ घर भई ललितपुर एकान्तकुना बस्ने ३२ बर्षीय सुनिल अधिकारी, सिनामंगल बस्ने ३४ बर्षीय केदारबहादुर खड्का र धनकुटाका घर भई मैतिदेवी बस्ने ३४ बर्र्षीय नविन दाहाल रहेका छन् । गिरोहले नेपाली युवतीलाई बिभिन्न प्रलोभन देखाई रेष्टुरेन्टमा काम गर्ने भन्दै तान्जानिया, केन्या, युएई, बहराईन, मेलशिया, युगान्डा, ओमानलगायतका मुलुकहरुमा पठाउने गरेको जनप्रहार साप्ताहिकले तीन बष अगाडी नै खुलसा गरेको थियो ।  

गिरोहले युवतीहरुलाई बिदेश पठाउन जम्मा गरेको राहदानी २४ थान र नागरिकता १२ थानसमेत प्रहरीले बरामद गरेको छ । बिदेश पठाउनको लागि तयार पारेको केही युवतीको फोटो समेत बरामद गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका गिरोहलाई सिआईबीले मानब बेचबिखन तथा ओसारपसारको आरोपमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ । स्रोतका अनुसार पक्राउ परेका तस्करस“ग भएको कालो धन समेत सम्पत्ति सुद्धिकरण बिभागले अनुसन्धान थाल्ने भएको छ । पक्राउ नपरेका तस्करहरु भने पक्राउ पर्ने डरले फरार भएका छन् । हाल उनीहरुस“ग अबैध तरिकाले थुपारेको करोडौं रुपैंया र सम्पत्ति रहेको स्रोत बताउ“छ ।
यसरी हुन्छ तस्करी
बिभिन्न ठाउ“मा कार्यारत युवतीलाई आर्थिक प्रलोभनमा पारी राम्रो काम दिलाई दिने बहानामा गिरोहले युवतीलाई बिदेशमा सप्लाई गर्ने गरेका छन् । यो क्रममा उनीहरुलाई आकर्षक तलबको पनि लोभ देखाइन्छ । यो धन्दा विगत पा“च बर्षदेखि निर्वाध रुपमा हु“दै आएको छ । यो धन्दा सुरुमा डान्सबारकै केही सञ्चालकहरुले सुरु गरेका थिए । युवतीहरुलाई बिदेशमा रहेका दलालले रुचाएपछि कलाकार बनाएर भ्रमण भिषामा बिदेश पु¥याउने गरेका छन् । 

उनीहरुको भिषा अबधी ३ महिनाको हुने भएतापनि बिदेश पुगेपछि उनीहरुलाई बन्दक बनाई राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । युवतीको रुपरङ हेरेर दलालले मोलमोलाई गर्ने गरेका छन् । एक युवतीको मासिक दुई लाखदेखि ५ लाख रुपैया“सम्म दलालहरुले असुलेता पनि युवतीले भने मासिक ५० हजार पनि गाह्रो हुने गरेको विदेश पुगेर फर्किनेको अनुभव छ । रेष्टुरेन्टको युवती सप्लाई गर्नेमा एक ताका नबिन दाहाल चर्चित थिए ।

 मलेशियाबाट खुट्टा भाचिएर फर्किएकी एक युबतीले उजुरी गरेपछि पक्राउ परेका दाहाल हाल कारागार चलान भएका छन् । दाहालकी पार्टनर टिना रजत भने प्रहरीको फरार सूचिमा परेकी छन् । पक्राउ परेका राजन र सबिन पनि यी तस्करी गर्ने गिरोहमध्ये नामुद मानिन्छन् । आफ्नै डान्सबारका युबतीलाई राजनले दुबईमा पठाउन थालेका थिए भने सबिनले युबती खोज्ने काम गर्दै आएका थिए । यीनीहरुको समूहमा अनिल परिवारलगायत एक दर्जन रहेका छन् ।  उनीहरु हाल फरार रहेका छन् ।

Post a Comment

0 Comments