Subscribe Us

अख्तियार प्रमुख लोकमानका चर्चित नौं काण्ड

संवैधानिक निकायकै जिम्मेवार ब्यक्तिले अख्तियारी दुरुपयोग गरेर मनलाग्दी गर्न थाले भने के गर्ने ? कुन चाही निकायले कारबाही गर्ने ? कस्तो अभियोग लगाउने ? गम्भिर बहशको जरुरी महशुस भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संवैधानिक निकाय मानिन्छ । जसले पदीय दुरुपयोग गर्नेमाथि मुद्दा चलाउने काम गर्छ । तर, आयोगकै जिम्मेवार ब्यक्ति भ्रष्ट भयो भने कसले कारबाही गर्ने ? ब्यक्तिगत रिसीईबी साध्न अरुलाई दुःख दिन थाल्यो भने कुन चाही निकायले नियन्त्रण गर्ने ? अख्यितारमा नै अनुसन्धान गर्न खटिएका कर्मचारीको आचरण, अनुशासन, निष्पक्षता, शुष्द्धतामाथि कसले प्रश्न गर्ने ? यतिखेर गम्भिर बहश हुन जरुरी छ । त्यतिमात्र नभएर अख्तियार जस्तो संवैधानिक निकायलमा काम गर्न खटिएका कर्मचारीले सार्वजनिक रुपमा आम्दानीको स्रोत र सम्पत्तिको विबरण खुलासा गर्नु पर्छ कि पर्दैन ? अख्तियारमा काम गर्ने एउटा पियूनको काठमाडौंमा कसरी विशाल महल ठडिन्छ ? अख्तियारभित्रै हुने ब्यक्तिगत र संस्थागत भष्टाचार नियन्त्रण गर्ने निकाय कुन हो ? केही समययतादेखि अख्तिायरभित्र नै देखिएको खराब प्रवृति र घटजा उजागर भएपछि यस्ता दर्जनौं प्रश्न खडा भएका छन् ।
काठमाडौं । नेपालगञ्जका दुई पत्रकारले खिचेको भिडियोको ‘फुटेज’ उपलब्ध नगराएको भन्दै अख्तियारको निर्देशनमा पद र शक्तिको अख्तियारी दुरुपयोग गर्दै दुई टेलिभिजनकर्मीलाई सार्बजनिक अपराध ऐन सम्बन्धी मुद्दा दायर गरिएपछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको कृर्तिमान झन बढेको महशुस गर्न थालिएको छ । प्रहरीले अख्तियारको निर्देशनमा दुई सञ्चारकर्मीलाई सार्बजनिक मुद्दा दायर गरेको समाचार बाहिर आएपछि लोकमानको खराब कृर्तिमानले चर्चा पाएको हो । 

जुन सरासर कानून विपरित हो । कुनै पनि ब्यक्तिको बौद्धिक सम्पत्तिमाथि पद र शक्तिको दरुपयोग गरी भोगाधिकार जमाउन खोज्ने प्रमुख आयुक्त लोकमानको संयन्त्र शाही सरकार भन्दा कम नभएको आमसञ्चारकर्मीले बुझ्न थालेका छन् । नेपाल पत्रकार महासंघले अख्तियारको निर्देशनमा लगाइएको झुठो मुद्दा तत्काल खारेज नगरे कडा आन्दोलन थाल्ने जनाउ दिइसकेको छ । महासंघ Ôेत्रीय समन्वय समितिले बिज्ञप्ति जारी गर्दै उक्त मुद्दा तत्काल खारेजको माग गरेको हो । 

सगरमाथा टेलिभिजनका समाचारदाता समेत रहेका पत्रकार महासंघ बा“के शाखा सचिव तिलक गाउ“ले र माउन्टेन टेलिभिजनका Ôेत्रनाथ देवकोटा (आकाश) लाई सार्वजनिक अपराध सम्बन्धी मुद्दा लगाइएको हो । आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बा“केले ०७१ माघ २६ गते मुद्दामा दर्ता गरेको जनाएको छ भने घटनाको मुलुकभर विरोध हुन थालेको छ । 

यसअघि पनि लोकमानले अख्तियारको बार्षिकोत्सवका दिन मर्यादाक्रम भुलेर राष्ट्रपति डा.रामबरण यादब र प्रधानमन्त्री सुशील कोइरालालाई अगाडि राखेर यो मुलुक चलाउने पहिलो ब्यक्ति नै उनी भएझैं प्रोटोकल मिचेर भाषण दि“दा उनी सर्वाधिक आलोचित र विवादमा तालिनएका थिए । उता लोकमानले संसदको सुशासन समितिको बैठकमा मात्र जाने अडान राख्दै आएका छन् । कार्की संसदको अर्थ समितिमा एक पटक मात्र छलफलका लागि गएका थिए । त्यसपछि, लोकमान संसदको कुनै पनि समितिमा जवाफ दिन गएनन भने आइतबार सुशासन समितिले विकास समितिस“ग मिलेर राखेको संयुक्त वैठकमा समेत कार्की अनुपस्थित रहे । 

राष्ट्रिय गौरवका आयोजनामा भएका ढीलासुस्ती लगायतका विÈयमा छलफल गर्न कार्कीसहित राष्ट्रिय योजना आयोगका उपाध्यÔ विभिन्न मन्त्रालयका सचिवहरुलाई दुबै समितिको बैठकमा बोलाइएको थियो । लोकमान अख्तियारको प्रमुख आयुक्त भनेपछि घटेका अनगिन्ति काण्डमध्ये पछिल्लो समयमा निकै चर्चा पाएको पद र शक्तिको अख्तियारी दुरुपयोग गरी अख्तियार परिसरभित्रै सम्पन्न भएको उनको छोरीको विवाह हो । सामाजिक समारोहहरुमा तडकभडक र अशोभनीय उच्छृंखलताले व्यापकता पाएको भन्दै एक जना ब्यापारीको पार्टीमा छापा मार्ने तिनै कार्कीले आफ्नो छोरीको विवाह भने पद र शक्तिको अख्तियारी दुरुपयोग गर्दै आयोगको कार्यालय परिसरभित्रै गराए ।

 ५१ जना भन्दा बढी जन्ती जान नपाइने र तडकभडक गर्न नपाइने नियम पत्रपत्रिकामार्फत सार्बजनिक गरेका लोकमानले सरकारलाई नै चुनौती दि“दै पद र शक्तिको अख्तियारी दुरुपयोग गरेर छोरीको विवाह तडकभडकका साथ सम्पन्न गरेका हुन् । संवैधानिक निकायमा बसेर अख्तियारी दुरुपयोग गर्ने कार्कीलाई अब सरकारको कुन चाहि“ निकायले कारबाही गर्ने ? गम्भिर प्रश्न उब्जेको छ । कार्कीकी छोरी डा.आध्याश्री कार्कीको सुभाशीÈ थपलियास“ग गत बिहीबार विवाह सम्पन्न भएको थियो भने विवाहमा नजिकका नातेदार र निकट मित्रमात्र निम्त्याइएका थिए । मन्त्रीपरिÈद्लगायत राजनीतिक ओहोदामा आसीन एक जनालाई पनि बोलाइएको थिएन ।

 संवैधानिक अंगका प्रमुख कार्कीकी छोरीको बिहेमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत कोही पनि निम्त्याइएनन् । कार्कीका सम्धी उद्यमी रोहिणी थपलिया हुन् । अर्को प्रसङ हो, लोकमान प्रमुख आयुक्त बनेको केही समयपछिको । समय थियो, विजया दशमीको अष्टमी । सुरक्षा दलबलसहित लोकमान गोर्खाको गोरखकाली मन्दिरको दर्शन गर्न पुगे । सोही बेला प्रमुख आयुक्त लोकमानले राष्ट्र सेवक प्रहरीलाई नै आफ्नो खुट्टा धुन लगाए । पदीय दुरुपयोग गर्नेमाथि मुद्दा चलाउने निकायका प्रमुख लोकमानले नेपाल प्रहरीको बेइज्जत गर्दै खुट्टा धुन लगाए ।

 लोकमानले खुट्टा धोइदिने प्रहरीको ढाडमा समातेर उभिएको तस्बीर समेत सार्बजनिक भयो । तर कार्कीलाई कसैले कारबाही गर्ने आ“ट कसेन । जबकी तत्कालिन डीआईजी वीरेन्द्रवावु श्रेष्ठ पनि साथैमा थिए । श्रेष्ठ गोर्खाकै स्थायी बासिन्दा पनि हुन् । कार्कीलाई त्यहा“का प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले स्वागत गरेर गोरखा दरबार पु¥याएका थिए । लोकमान अख्तियारको प्रमुख आयुक्त बनेपछि चर्चित काण्डैकाण्ड मात्र घटे । लोकमान कहिल्यै विवादरहित रहेनन् । बिराटनगरमा भएको एक पत्रकार सम्मेलनमा पत्रकारहरुलाई ‘यु बाष्टर’ भनेपछि त उनी झन विवाद र आलोचित बने । 

त्यसैगरी, बरिष्ठ कानून ब्यबसायी शम्भु थापालाई राजनीतिक प्रतिसोध साध्य उनको कार्यालयमा राजश्वमार्फत छापा मार्न लगाएको घटना पनि कसैले विर्सेका छैनन् । नेपालको एक मात्र भ्रष्टाचार निबारण गर्ने निकाय आयोगका प्रमुख आयुक्त लोकमानले नै अख्तियारले डा“मेका सर्वाधिक विवादास्पद र भ्रष्ट मानिएका ब्यक्ति भरत सुवेदीस“ग उठबस गर्छन् । त्यतिमात्र कहा“ हो र ? राजश्व अनुसन्धान विभागमा स“गै रह“दा बनेको घनिष्ठता अहिलेसम्म आर्थिक लेनदेन र ब्यबसायिक साझेदारीमा पुगेको स्रोत बताउ“छ । 

कार्कीले पदीय दायित्व र हैसियत बिपरित आफ्नै श्रीमती सुनिता कार्कीलाई आयोगको भ्रष्टाचार निबारणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको हातबाट सम्मानपत्र दिएर लोकमानले आफ्नै श्रीमतीलाई पुरस्कृत गरे । प्रमुख आयुक्त लोकमानकी श्रीमतीले नेपालको कुन क्षेत्रमा भ्रष्टाचार निबारण गर्न बिशेष भूमिका खेलेकी हुन् ? त्यो भने कसैलाई थाहा छैन । उनको त्यो हर्कतलाई पदीय हैसियतको चरम दुरुपयोग भन्दै सामाजिक सञ्जालभरी विरोध भयो । तैपनि कार्कीको हुकुमी शासन शैलीलाई कसरी सरकार र तिनका निकायले पचाइरहेका छन् ? के कार्कीलाई कारबाही गर्ने कुनै पनि निकाय छैन ? प्रश्नमाथि प्रश्न थपिएको छ । अख्तियार दिबसका दिन प्रहरी क्लबमा ३० लाख रुपैया“ भन्दा बढी खर्च सजावटमा खर्चिएको विषयले समेत निकै चर्चा पायो । 

त्यसैगरी, करोडौं भ्रष्टाचार गरेको आरोपमा सरकारले हटाएका विवादास्पद ब्यक्ति अखिल नेपाल फुटबल संघका भूपपूर्ब अध्यक्ष गणेश थापालाई समेत लोकमानले मुद्दा तामेलीमा राखेर केही राहत दिएका छन् । तत्कालिन शाही सरकारका मुख्य सचिव भएकै नाताले राप्रपा नेपालका अध्यक्ष कमल थापास“ग विशेष सम्वन्ध गा“सेका लोकमानले त्यसको गुन तिर्न थापाका भाईको भ्रष्टाचार मुद्दा तामेलीमा राखेको स्रोतले बतायो । त्यस्तै सुन प्रकरणमा मुछिएका नेपाल प्रहरीका डीआइजी प्रकाश अर्याललाई समेृत उन्मुक्ति दिन खोजिएको आरोप लोकमानमाथि लागेको छ । लोकमानले मेडिकल कलेजको सम्वन्धनमा समेत आफन्त र नातेदारलाई फाईदा पुग्नेगरी मनलाग्दी गरेको यसअघि नै समाचार सार्बजनिक भइसकेको छ ।  लोकमानको खराब प्रवृत्ति कृर्तिमान रोक्न दलहरु असफल भए धमाधम भष्टाचारको मुद्दा लगाउ“दै मन्त्री र नेताहरुलाई थुनेर पुनः राजतन्त्र नर्फकाउ“लान् भन्न सकिन्न । 

Post a Comment

0 Comments