Subscribe Us

नयाँ गभर्नर नियुक्तिसंगै, साँढे तिन अर्ब निकासा हुने आशमा सुमार्गी



 काठमाडौं । बैंकमा थन्किएको साँढे तिन अर्ब निकासा गराउन बिबादास्पद व्यापारी अजय सुमार्गीले आफू निकट गभर्नर नियुत्ती गर्नु सफल भएका छन् । गैर कानूनी तरीकाबाट आएको साँढे तिन अर्ब नेपाल राष्ट्र बैंकले रोक्का राखेपछि  सुमार्गीले प्रधानमन्त्रिका आर्थीक सहल्लाकारसमेत रहेका चिञ्जिबी नेपाललाई राष्ट्र बैंकको गभर्नर बनाउन शक्ति केन्द्र धाईरहेको समाचारहरु बाहिर आएका थिए । 

नेपाललाई गभर्नर बनाउने बिषयमा सुमार्गीले प्रधानमन्त्रि सुशिल कोईरालालाई समेत मनाएको स्रोत बताउछ । बिगत ५ महिना देखी सुुमार्गीको ३ अर्ब ५० करोड रुपैंयाँ राष्ट्र बैंकले प्रक्रिया नपुगेको भन्दैे निकासामा रोक लगाएको छ । करिब ५ महिनाअघि सुमार्गीको नाममा बृटीस भजिर्न आइल्यान्डबाट करिब ३ अर्ब ५० करोड  नेपाली रुपैयाँ मुलुक भित्रिएको थियो । अबैध तरिकाले आएका उक्त रुपैंयाको स्रोत खुलाउन सक्ने अबस्था सुमार्गीको छैन् त्यसैले उनले आफू निकट गभर्नर नियुक्ति गरी पैसा लान खोजेको बैंकका एक अधिकृतले बताए । अबैध तरकिाले आएको रुपैयाँको निकासामा बैंकले रोक लगाएपनि राजनीतिक दबाबका कारण छानबिन भने भएको छैन । 

कुनै पनि व्यक्तिकोे खातामा १० लाख रुपैंया भन्दा बढी रकम देखीए राष्ट्र बैंकले त्यसको स्रोत खोज्न सक्ने कानूनी प्राबधान छ । तर गैर कानून तरीकाले तिन अर्ब ५० करोड रुपैयाँ खातामा देखीएपनि राष्ट्र बैंकले अनुसन्धान गर्न नसकेपछि राजनीतिक दबाब ठूलै भएको आंशका गरीएको छ । सुमार्गीले राष्ट्र बैंक र कानूनलाई नै चुनैती दिए बैंकको स्वीकृति बिना उक्त रकम भित्र्याएका थिए । कानून रुपमा यति ठूलो रकम ल्याउदा राष्ट्र बैंकको विदेशी विनिमय विभागबाट पूर्बस्वीकृती लिनुपर्ने काननी प्राबधान रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय विभागको स्वीकृति बिना नै रकम खातामा आएपछि उक्त रकम गैर कानूनी तरीकाले आएको बैक का एक उच्च अधिकृतले बताए । यस अघि यहि तरीकाले आएको धेरै ब्यापारी तथा व्यक्तिको रकम बैंकले कानूनी प्रक्रिया अगाडी बढाई थप अनुसन्धानको लागी सम्पती सुद्धिकरण अनुसन्धान बिभागमा पठाएको थियो भने केहिको जुन मुलकबाट आएको छ त्यहि मुलकमा फिर्ता गिरएको स्रोतले बतायो । सुमार्गीको रकमपनि फर्ता हुन सक्छ ।

Post a Comment

0 Comments