Subscribe Us

मलद्धारमा भेटियो एक किलो सुन

काठमाडौं । एक किलो दुई सय ग्राम सुनसहित प्रहरीले मंगलवार तिन जनालाई पक्राउ गरेको छ । बैंककबाट नेपाल एयरलाईन्सको आरए ४०१ नंबरको उडानद्धारा काठमाडौं ओर्लेका तिन नेपालीलाई अन्तर्राष्ट्रिय बिमानस्थलको भन्सार चेकिङको क्रममा उक्त परिमाणको सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा ललितपुर घर भएका ३४ बर्षीय राजु महर्जन, ४६ बर्षीय ध्रुव महर्जन र २५ बर्षीय कर्मा महर्जन रहेका छन् । बिमानस्थलको भन्सार चेकिङको क्रममा उनीहरुले पाइन्टको खल्ती र मलद्धारमा लुकाएको अबस्थामा उक्त परिमाणको सुन बरामत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खल्तीमा १ सय ५० ग्राम र मलद्धारमा लुकाएको अंदाजी १ हजार १ सय ५० ग्राम सुन प्रहरीले फेला पारेको थियो । 

यसैगरी मलेशियाबाट एयर यसियाको ‘ध्ठज्ञढट’ नंबरको उडानद्धारा काठमाडौं आएका ३४ बर्षीय भारतीय नागरिक हनेफ महोमदलाई पनि बिमानस्थलमा खटिएका प्रहरीले ६ सय ग्राम सुन सहित   पक्राउ गरेको छ । मंगलवार बिमानस्थल भन्सार चेकिङको क्रममा महोमदकोे कम्मरको भागमा फल्स वटम बनाई लुकाइ­छिपाई राखेको अबस्थामा प्रहरीले उक्त परिमाणको सुन फेला पारेको जनाएको छ ।  


Post a Comment

0 Comments