Subscribe Us

डन चक्रेको दुई लाखले गोर्खामा तनाव..

गोर्खा । सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका कुख्यात डन मिलन गुरुङ उर्फ चक्रे मिलनलाई एक कार्यक्रममा विशिष्ट अतिथि बनाएपछि सेना, प्रहरी र प्रशासनका अधिकारी सवैले कार्यक्रम बहिष्कार गरेका समाचार पात्त भएको छ । गोर्खामा भएको फुटबल प्रतियोगीताको उद्घाटनमा डन चक्रे मिलन विशिष्ट अतिथि बन्ने हल्ला फैलिएसँगै कार्यक्रमको निम्ता पाएका अधिकारीहरुले कार्यक्रम बहिष्कार गरेका हुन । गत बिहीबार मात्रै चक्रे मिलनले हरमटारीस्थित खेलकुद मैदानमा हरमटारी क्लबका अध्क्षय मनु तामाङलाई दुई लाख, एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । 

चक्रेलाई राजनीतिकज्ञ वा मन्त्रीलाई झैं काठमाडौंबाटै २० मोटरसाइकल र आयोजकका तर्फबाट ५० वटा मोटरसाइकलले स्कटिर्ङ गरेर कार्यक्रमस्थलमा पु¥याएका थिए । फौजदारी अभियोगमा दर्जनौं पटक जेलमा परेका ‘गुण्डा नाइके’ चक्रे मिलन गत बिहीबार गोर्खामा झुल्किएर आफ्नै नाममा स्थापना गरिएको ‘मिलन फाउण्डेसन’ बाट दुई लाख रुपैयाँको चेक बाँड्दै गरेको अबस्थामा भेटिए । 

दर्जनौं फौजदारी अभियोग लागेर सजा“य काटेका चक्रे मिलनले फाउण्डेसन दर्ता गर्दा प्रहरीले कसरी रिर्पोट दियो ? भन्ने कुरा समेत यतिखेर चासोको विषय बनेको छ । यद्यपी समाजमा कोही सुधे्रर राम्रो काम गर्छु भन्नेलाई कानूनले जहिले पनि सदासयता देखाउँछ । झण्डै ६ महिनाअघि मात्रै जेलबाट छुटेका चक्रेसँग सात करोड आठ लाख रुपैयाँ अबैध सम्पत्ति रहेको भन्दै स्रोत नखुलेको सम्पत्तिमाथि छानविन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

चक्रेको सम्पूर्ण सम्पत्ति अहिलेसम्म रोक्का छ । करोडौंको सम्पत्ति रोक्का हुँदापनि चेक बाँड्न सक्षम रहेबाट उनी अहिलेसम्म अवैध काममा सक्रिय रहेको पुष्टि भएको हो । कहिले गुण्डागर्दी त, कहिले हतियार तथा ज्यान मुद्दामा जेल पर्दै सजाँय काट्दै आएका चक्रे मिलन पछिल्लो पटक भने सम्पत्ति मुद्दामा थुनामा परेका थिए । चक्रे मिलनलाई विशेष अदालतले धरौंटीमा रिहा गरेपछि पनि उनले अनेकौं हत्कण्डा मच्चाएर चर्चामा आउने काम गरिरहेका छन्

Post a Comment

0 Comments