Subscribe Us

बिद्युत प्राधिकरणका सुपर भाईजर घुस लिदा लिर्दै पक्राउ

रौतहट । बिद्युत प्राधिकरण शाखा कार्यालय चपुरमा कार्यरत कर्मचारी सेवा ग्राहीसँग घुस लिदा लिदै पक्राउ परेका छन् । प्राधिकरणमा कार्यरत सुपर भाइजर ३० बर्षीय उमेश कुमार यादवलाई नगद १ लाख ५० हजार रुपैया घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलवार पक्राउ गरेको हो । 
 
यादवले सेवा ग्राही रौतहट रंगपुर–२ मा राइस मिल संचालक बैजु साहलाई मिल संचालन गर्न ३ फेजको लाईन दिन्छु भनी उक्त रकम लिएको आयोगले जनाएको छ । स्थाईनिय होटल अल्पाइनमा बोलाई  यादबले उक्त रकम लिइरहेको अवस्थामा आयोगबाट खटिएको टोलीले रङेहात पक्राउ गरेको हो । यस सम्बन्धमा आयोगल अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

Post a Comment

0 Comments