Subscribe Us

बलात्कारीले भने, नशाको सुरमा गल्ती भयो हजुर

काठमाडौं । बारामा बालिका बलात्कार गर्ने गुप्ताले पत्रकारकै सामु आफूले गल्ती गरेको स्वकारेका छन् । उनले पत्रकार सम्मेलनमा नशाको सुरमा आफूबाट गल्ती हुन गएको बताएका छन् । घटना हुँदा गुप्ताले रक्सी र गाँजा खाएको प्रहरीक अनुसन्धानबाट समेत खुलासा भएको छ । 

अभियुक्त गुप्ताले अर्कै बालिकालाई उठाउन खोजेको तर, अनुकूल नभएपछि पसल छेउमा खेलिरहेकी बालिकालाई शिकार बनाएको बयान प्रहरी समक्ष दिएका छन् । बारामा बलात्कारपछि बेहोस भएकी बालिकाको निधनले सिंगै देश स्तब्ध बनेको छ । पुरुषहरु किन यतिसम्म पासविक हुन्छन् भन्ने प्रश्न महिलाहरुले सडक, घर र चुलोचौकासम्म उठाइरहेका छन् ।

बारा घटनाका दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग भइरहेको छ । बलात्कारीको अभियोग लागेका युवकले सामान्य भाषामा ‘गल्ती भयो हजुर’ भने पनि यो जघन्य घटनाका कारण बलात्कारको मनोविज्ञानमाथि समाजमा जबरजस्त बहस प्रारम्भ भएको छ । महिला अधिकारकर्मी एवं अभियन्ताहरुले लम्बिँदो संक्रमणकाल र दण्डहीनताका कारण बलात्कारीहरुको मनोबल बढेको विश्लेषण गरेका छन् ।

कलैयामा गत फागुन ८ गते सात वर्षीया वालिका बलात्कारमा परेकी हुन् । कलैया बजारमा आफ्नै बुबाको पसलमा खेलिरहेकी उनलाई एक युवकले हात समातेर लगेका थिए । भोलिपल्ट फाुगन ९ गते उनी श्री ३ चन्द्र उच्चमावि नजिकै फोहोर फाल्ने ठाउँमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

बलात्कृत बालिकाको उपचार वीरगञ्जमा हुन सकेन र उनलाई काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ल्याइयो । तर, बेहोसीकै अवस्थामा उनले ज्यान गुमाइन् । उता प्रहरीले बलात्कारको अभियोगमा कलैयाकै २८ वर्षीय कन्हाइ गुप्तालाई पक्राउ गर्‍यो । प्रहरीले गुप्तालाई पक्राउ गरेर फागुन १२ गते पत्रकार सम्मेलन गरेर सार्वजनिकसमेत गरिसकेको छ ।

Post a Comment

0 Comments