Subscribe Us

रानीबारी हत्याकाण्डका अभियुक्त डन घैंटेका सहयोगी

काठमाडौं । चर्चित रानीबारी हत्याकाण्डमा काठमाडौंका डन कुमार श्रेष्ठ उफ घैंटेका सहयोगी गुण्डा मनराज गुरुङ र प्रमेश चौहान पक्राउ परेका छन् । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो ं(सिआईबीले) उनिहरुलाई पक्राउ गरी आईतवार सार्वजनिक गरेको हो । हत्याका अनुसन्धानको क्रममा उक्त घटना  ‘कन्ट्र्याक्ट किलिङ’ भएको सिआईबीले जनाएको छ । 

२०५९ साल असार ३१ गते बिहान रानीबारीस्थित डेरामा इन्जिनियर हेमन्त श्रेष्ठ र अन्जली श्रेष्ठको धारिलो हतियार प्रहरी गरी हत्या भएको थियो। प्रहरीका अनुसार पक्राउ परेका हरुले इन्जिनियर दम्पतीलाई हतियार प्रहार गरी हत्या गरेका थिए। घरपेटी गीता खड्कालाई मार्ने योजनाअनुसार गएका उनीहरूले इन्जिनियर दम्पतीको हत्या गरेको खुलासा भएको सिआईबीले गरेको छ । यस अघि लुटपाटको उद्देशले हत्या गरेको प्रहरीले दाबी गर्दै आएको थियो । इन्जिनियर दम्पतीको कोठा हुँदै माथि जानु पर्ने भएकाले अभियुक्तद्धएले सुरुमा उनीहरूको हत्या गरेको सिआईबीको अनुसन्धानबाट खुलासा भएको छ । 


 इन्जिनियर दम्पतीको हत्यापछि उनीहरू गीता खड्कालाई खोज्दै माथि गएका थिए । तर खड्का बाथरुममा लुकेकी हुनाले उनीहरूले भेटेनन् र बाहिर होहल्लासमेत भएपछि उनीहरू भागेको सिआईबी अनुसन्धानले खुलासा गरेको छ ।  प्रहरीका अनुसार खड्का पासपोर्टमा तस्बिर फेरेर मानिसलाई विदेश पठाउने गैर कानूनी धन्दामा सक्रिय रहेकि थिईन् । मेनपावर व्यवसाय र व्यवसायमा साझेदारी र ठगिएकाहरूबाट उनको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ। घटनाका मुख्य योजनाकारहरूको पहिचान भइसकेको तर उनीहरू बिदेशमा रहेका दाबी सिआईबीको छ । पक्राउ परेका मनराज गुरुङ

Post a Comment

0 Comments