Subscribe Us

यस्तो छ, कैदीलाई अस्पतालको बहानमा श्रीमती र प्रेमिका भेटाउने जेलको रेट, यसरी भागे कैदी पासाङ

काठमाडौ । ‘सुबिधा चाहिने हो भने दिने–लिने दुबै काम हुन्छ यहाँ, पहिला दिने अनि लिने हो ।,’ जेलमा आउने कैदीलाई त्यस्तै भन्थे डिल्लीबजार कारागारको सुरक्षामा खटिएका प्रहरी निरक्षक रविन्द्रकृष्ण रञ्जित । ‘जागिर अब दुई बर्ष बाँकी छ, म डीएसपी हुने पनि होईन, मैले पाएको छोड्न जानेको पनि छैन । म लिने पनि हो र दिने पनि ।’ भन्दै कैदीलाई आफ्नै कार्यकक्षमा बोलाएर अनुचित लाभको प्रस्ताव राख्थे प्रहरी निरीक्षक रञ्जित । रञ्जित कारागारको सुरक्षामा त्यहाँ गत साउन महिनादेखि खटिएका थिए ।

प्रनि रञ्जितले भन्ने र राख्ने जस्ता प्रस्ताब प्राय राजधानीका अधिकांश कारागारहरुमा यो सामान्य कैदीहरुलाई भनिने शिष्टताचारको भाषा हो । प्रनि रञ्जितलाई मात्र यो रोग थिएन, अधिकांश जेलको सुरक्षामा खटिने  प्रहरीमा प्राय यो रोगकै रुपमा फैलिएको छ । जुन कैदी, प्रहरी र जेल प्रशासनको कर्मचारीहरुका लागि त्यस्ता प्रस्ताब कुनै नौलो कानूनभित्र पनि पर्दैन । 

जेलमा कारागार ऐन लागू भएको छैन । त्यहाँ त जेलर, सुरक्षा प्रमुख र कैदीका नाईके चौकीदारको हुकुमी शासन चल्ने गरेको केही महिनाअघि हातहतियार मुद्दामा पक्राउ परी कारागार चलान भएर छुटेका एक अभियुक्त बताउ“छन् । उनी भन्छन,‘ जेलबाट चाहेको मान्छेलाई फोन गर्न, आफन्त भेटघाट गर्न तथा औषधी उपचारकोे लागि बाहिर जान चौकीदारदेखि जेलर र त्यहाँको सुरक्षा प्रमुखलाई समेत रिजाउनु पर्छ कारागारका कैदीहरुले । उनीहरुले जेलमा राखेको नियमको पालना भएन भने एक कल फोन गर्न पनि एक साता कुर्नु पर्छ ।’ 

जेल परेको पीडा त छदैछ, त्यहाँ पुगेपछि कैदीहरुलाई थप पीडामा बाँच्नु पर्ने नेपालका कारागारमा नियम रहेको उनको अनुभवले बताइरहेको थियो । प्रायाजसो राजधानीमा रहेका कारागारभित्र त्यस्ता अन्याय हुने गरेको सूचना पाएपछि थप रहस्य खोतल्न डिल्लीबजार कारागारभित्र नै पुगेको हाम्रो प्रतिनिधिलाई एक जना पीडित भन्दै थिए,‘मैले तपाईलाई यहाँको सवै कुरा भने भोली थाहा पायो भने पत्रिकामा दिने भन्दै मलाई यो कारागारबाट अन्यत्र दुर्गम सरुवा गर्छन् । त्यसैले तपाईलाई मैले सवै कुरा खोल्न सहज छैन ।’ 

कारागार स्रोत भन्छ,‘कारागार ऐनले प्रतिबन्ध लगाएका लागूऔषध र डाँका मुद्दाका कैदीहरु नै प्रायजसो जेलका चौकीदार रहेका छन् । कारागारमा रहेका कुनै पनि बन्दी कैदीलाई सुबिधा लिनु प¥यो भने चौकीदारमार्फत जेलर र जेलको सुरक्षा प्रमुखलाई मिलाउनु पर्ने अधिकाम्स कारागारमा चलन छ । कैदीलाई अस्पताल जानका लागि पनि दररेट तोकिएको हुन्छ । कैदी र बन्दीको आर्थिक अबस्था र मुद्दाका प्रकृति हेरेर जेलमा पैसा असुल्ले काम चौकिदारले  गर्ने गरेका छन् ।’ 

अस्पताल लाने बहानामा अधिकांश कैदीलाई उनीहरुले भने अनुसार घर वा गेष्टहाउसमा युवती, प्रेमिका वा श्रीमतीसँग भेटाउन प्रहरीले लैजाने गरेको रहस्य समेत खुलेको छ । कारागारकै सुरक्षामा खटिएका एक प्रहरीले हाकिमले भने अनुसार ठाउँ ठाउँमा कैदीलाई पु¥याउनु सिपाहीको बाध्यता रहेको बताएका छन् । लागूऔषध, ज्यान र हतियारको मुद्दामा सजाय“ काटिरहेका बन्दी कैदीलाई अस्पतालाको बहानामा बाहिर लैजा“दा एक लाख रुपैया“सम्म कारागारको सुरक्षामा खटिएका सुरक्षा प्रमुख र जेल प्रशासनले मिलेमतोमा असुल्ने गरेको समेत उनले बताए । 

लागूऔषधसहित अपहरण, कर्तव्य ज्यान, बन्यजन्तु तस्करी मुद्दामा कैदीको हैशियत र मुद्दाको प्रकृति हेरी ५० हजारदेखि एक लाख रुपैया“सम्म प्रहरी र जेल प्रशासनले असुल्ने गरेको बताइन्छ । जसको भागवण्डा जेलका चौकीदार, जेलर र सुरक्षा प्रमुखले गर्ने गरेका छन् । चोरी, ज्यानमार्ने उद्योग, लुटपाट जस्ता पा“च बर्षसम्म कैद भएका तथा अभियोग लागेका कैदीलाई भने २० हजारदेखि ५० हजारसम्म असुल्ने गरिएको छ । अस्पताल जाने बहानामा घर पुगेका लागुऔषध मुद्दाका कैदी पासाङ शेर्पा फरार हुनमा समेत कारागारको सुरक्षाखटिएका प्रहरी निरीक्षक रविन्द्रकृष्ण रञ्जित प्रमुख दोषी रहेको अनुसन्धानबाट खुलेको छ । 

कैदी पासाङलाई भगाउन सहयोग गरेको आरोपमा यसअघि हिरासतमा लिई अनुसन्धानमा रहेका प्रहरी हवल्दार सुकेन्द्रप्रसाद यादब, जवानद्धय करण महरा र खुमराम पंजालीकोे बयानबाट पनि प्रनि रञ्जित कै हात रहेको खुल्न आएको छ । अस्पताल जाने बहनामा घर लैजाने आदेश पनि प्रहरी रञ्जितले नै दिएको बयानको आधारमा उनलाई पनि हिरासतमा लिई अनुसन्धान थालिएको छ । हिरासतमा रहेका प्रनि रञ्जितलाई आईतबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको छ । उनीमाथि कैदी शेर्पालाई भगाउन मुख्य भूमिका निर्वाह गरेको आरोप रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


                              यसरी भागे कैदी पासाङ आफ्नै घरबाटः

 एक साताअघि आँखा दुःखेको नाटक गर्ने पासाङले अस्पताल जान भन्दै जेलरसँग अनुमति मागेका थिए । पासाङले गत मंगलवार मात्र जाने अनुमति पाए । पारिवारिक स्रोतका अनुसार उनले फरार हुनुभन्दा दुई साताअघि घरबाट खर्च चाहियो भन्दै एक लाख रुपैयाँ मगाएका थिए । त्यहि पैसा खर्च गरेर अस्पताल जाने बहानामा उनलाई घर पु¥याउने सुविधा मिलेको थियो । प्रहरीले अस्पतालको काम सकिएपछि उनलाई बा १ झ ३६३ नम्बरको ट्याक्सीमा राखेर बौद्ध नयाँबस्ती पुगेपछि हत्कडी खोलिदिए । र, त्यसपछि पासाङ उनकै आफ्नो घर  छिरेका थिए । घर भित्रसँगै छिरेका प्रहरी डाईनिङ टेबलमा बसेर खाना खान थाले भने कैदी पासाङ श्रीमतीसँग मस्ती गर्न । 

श्रीमतीसँग आधा घण्टा कोठामा विताएपछि बिदेशमा रहेकी दिदीसँग भिडियो च्याट गर्दै प्रहरीकै आँखा अगाडी झ्यालबाट हाम फालेर भागे । तर, सुरक्षामा खटिएका प्रहरीले कैदी पासाङलाई भगाउने आफ्नो  कुनै उद्देश्य नभएको बताएका छन् । ‘ईन्सपेक्टर सा’बले भनेपछि मानेको मात्र हो’ हबल्दार यादवले बयानमा भनेका छन् । घटना लगत्तै प्रहरी निरीक्षकलाई जानकारी समेत गराएको हो । तर, प्रहरी निरीक्षक रञ्जितले कैदी खोज्नुको सट्टा तत्काल हवल्दार यादबसहित सबैलाई ट्याक्सी चढेर तुरुन्त त्रिपुरेश्वर आईपुग्ने आदेश दिएको अनुसन्धानबाट खुलेको हो । 

एक लाख रुपैंया दिएर नै चौकीदारले जेलर र प्रहरीका ईन्सपेक्टरलाई अस्पतालको बहानामा घर जान खटिने प्रहरीलाई समेत रिझाएको स्रोत बताउँछ । जेलरलाई २५ हजार, प्रनिलाई ५० हजार र चौकीदारले २५ हजार रुपैया“ भागबण्डा गरेको अहिले कारागारभित्र चर्चा चल्ने गरेको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पतालको बहानामा बौंद्ध नयाँबस्ती पु¥याएका कैदी पासाङलाई झुक्याउदै घरको झ्यालबाट हाम फालेर बेपत्ता भएको स्थानियले बताएका थिए । स्थानियका अनुसार शेर्पा फरार भएपछि उनलाई प्रहरीले कुमारीगालसम्म पिछा ग¥यो तर पक्राउ भने गर्न सकेन ।

Post a Comment

0 Comments