Subscribe Us

घुस्याहा डिएसपीको महिला सई ठगी काण्डमा पक्राउ

काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब निरक्षक (सइ) भएको भ्रम फैलाउदै ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । महानगरी प्रहरी बृत्त बानेश्वरले ठगीमा संलग्न खोटाङ दिक्तेलकि ३५ बर्षीया मैया बस्नेत भन्ने छत्र कुमारी बस्नेतलाई पक्राउ गरेको हो । 

पक्राउ परेकी बस्नेतलाई प्रहरीले सार्बजनिक अपराधको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । बस्नेतले गत ११ गते पक्राउ परेका ढुकुटी खेलका कारोबारीलाई छुटाईदिने तथा सुराकि दिनेको नामसमेत बताईदिने भन्दै बानेश्वरस्थित एलिनाज बेकेरीमा पाँच लाखको डिल गरेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बस्नेतले बेलाबखत प्रहरीलाई सुचनासमेत दिने र प्रहरी अप्रेशनमा संगै गए आफू प्रहरी भएको भ्रम फिजाँउने गरेको प्रहरीको अनुसन्धाबाट खुलासा भएको छ । 

बस्नेतले आफूलाई कहिले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको सइ त कहिले अपराध महाशाखाको सइ हुँ भन्दै बिभिन्न बेक्तिको घरमा गइ खानतलासी गर्ने, उपत्यकाका केही प्रहरी कार्यालयमा पक्राउ परेका भियुक्तका आफन्तहरुलाइ आफू ठुलै पहुँच भएको मान्छे भन्दै मुद्दा मिलाइदिने झुठो आश्वासन दिइ विभिन्न ब्याक्तीहरुसंग लाखौ रकम असुली गर्दै आएकोे प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

यस अघि बानेश्वरस्थित एभरेष्ट होटलबाट ५० हजार घुस लिदै गर्दा पक्राउ परेका निलम्वीत डिएसपी रमेश तमाङले बस्नेतलाई पैसा असुल्न प्रयोग गर्दै आएको प्रहरी स्रोतको दाबी छ । अप्रेशनमा समेत डिएसपी तमाङले बस्नेतलाई संगै लिएर जाने गरेको जानकारहरु बताउछन् । डिएसपी तमाङसग बिशेष हिमचिम रहेकी बस्नेत बिरुद्ध बानेश्वर बृत्तमा १० लाख बराबरको ठगी गरेको भन्दै उजुरीसमेत पर्ने थालेको प्रहरीले जनाएको छ । उजुरी आउने क्रम जारी छ बानेश्वर बृत्तका एक प्रहरीले बताए ।

Post a Comment

0 Comments