Subscribe Us

पत्रकार विमलले गरे बिष सेवन गरी आत्महत्या

‘गर्ने सबैलाई विचार हुँदैन, तर गर्न खोज्नेलाई साथ हुँदैन, राम्रै गर्ने तिमीलाई सबैले खेद्छन्, स्वार्थमा कुद्दा विरोध हुँदैन, मर्न कसैलाई रहर हुँदैन केहि दिन अगि समाजिक संजाल फेसबुकमा यस्तो स्टाटस्समेत लेखेका ईलामका पत्रकार विमल प्रधानले बिष सेवन गरी आत्म हत्या गरेका छन् । बिमलको गएराति १ बजे झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 
 
नेपाल पत्रकार महासङ्घका साधारण सदस्य तथा प्रेस युनियनका केन्द्रीय पार्षद्समेत रहेका प्रधान इलामको गोदकमा रहेको पूर्णस्मारक विद्यालयका प्रधानाध्यापक पनि हुन् । इलामको समालबुङ गाविसमा घर भई हाल इलाम नगरपालिका–२ मा परिवारसँग बस्दै आएका थिए ।

प्रधान एसएलसी परीक्षाको वीरेन्द्र उच्च मावि केन्द्रका केन्द्राध्यक्ष हुन् । सोमबार दिउँसोको परीक्षा सकेर सहयोगी छत्र गुरुङका साथमा प्रधान पशुपतिनगर पुगेका थिए । बाटोमा फिक्कलको एक एग्रोभेटबाट चियामा हाल्ने विषादी किनेर गोजीमा हालेका र पशुपतिनगरको फाटकमा पुगेर गुरुङलाई मोटरसाइकल र ब्लुबुक फिर्ता गरेको प्रहरीले जनाएको छ ।

उनको ब्लुबुकभित्र तीन पेजको सुसाइड नोट लेखेर राखेको शिक्षक विनोद अधिकारीले भेटेपछि प्रहरीलाई जानकारी गराउनु भएको थियो । प्रहरीले नोट फेला पारेपछि दिउँसो ३ बजेदेखि उनको खोजी सुरु गरेको थियो ।

साँझ ६ः३० बजे उनका दाजु पूर्ण प्रधानका छोराले मेचीबजार नजिक बोल्न नसक्ने सिकिस्त अवस्थामा उनलाई भेटृाएका थिए । सिकिस्त अवस्थामा रहेका प्रधानको फिक्कल अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापाको मनमोहन मेमोरियल हस्पिटल पु¥याएर उपचार गराउँदागराउँदै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रधानका दुई छोरा र श्रीमती छन् ।

देशान्तर साप्ताहिकबाट पत्रकारिता थालेका उनले अन्नपूर्ण पोष्ट, राष्ट्रिय समाचार समितिमा समेत संवाददाताको काम गरेका थिए भने अहिले ‘रेडियो नेपालवाणी’ एफएममा ‘समय सन्दर्भ’ कार्यक्रम सञ्चालन गर्दै आएका नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराईले जानकारी दिनुभयो । 

उनले केही दिनअघि आफ्नो फेसबुकमा ‘गर्ने सबैलाई विचार हुँदैन, तर गर्न खोज्नेलाई साथ हुँदैन, राम्रै गर्ने तिमीलाई सबैले खेद्छन्, स्वार्थमा कुद्दा विरोध हँुदैन, मर्न कसैलाई रहर हँुदैन’ जस्ता स्टाटस्समेत लेखेका थिए । उनको शव परीक्षणपछि समालबुङस्थित घरमा अन्त्येष्टिका लागि ल्याइएको जनाइएको छ । प्रधानको दुःखद निधनले बिहानैदेखि पूर्णस्मारक विद्यालयलगायत जिल्ला नै स्तब्ध बनेको छ । रासस

Post a Comment

0 Comments