Subscribe Us

मृत भेटीए पत्रकार भट्टराई

 इटहरी । उदयपुरको पत्रकार सचिन भट्टराई रहस्यमय ढंगबाट मृत फेला परेका छन् ।  उदयपुरको गाइघाटबाट प्रकाशित हुँदै आएको बरुवा टाइम्स पत्रिकाका कार्यकारी सम्पादक  भट्टराई इटहरीमा मृत फेला परेका हुन । हिमालय टाइम्स दैनिकका जिल्ला समाचारदाता समेत रहेका भट्टराई १० चैतदेखि सम्पर्कविहीन थिए । 

चैत १२ गते इटहरीमा एक युवक मृत फेला परेको थाहा पाएपछि उदयपुरका पत्रकार र आफन्त आएर शव पहिचान गरेका हुन् । त्यसअघि आँपगाछीमा फेला परेको सो शव पहिचान हुन सकेको थिएन । शवको प्रकृति हेर्दा हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ । तर हत्याको कारण र हत्यामा संलग्न व्यक्तिको पहिचान भएको छैन । भट्टराईले सुनका गहना धितो राखेर सुन पसलबाट पैसा झिकेको र सोही पैसाको कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

Post a Comment

0 Comments