Subscribe Us

श्रीषले किन कुरेनन् ४ महिना

काठमाडौं । तत्कालिन प्रधानसेनापति रुक्मांगत कट्वालको कार्यकाल नकुरी उनलाई हटाएर प्रधानसेनापति बन्ने ध्याउन्नमा एमाओवादी अध्यक्षको काखमा बसेका तत्कालिन बलाधिकृत कुलबहादुर खड्काको कति आलोचना भएको थियो ? उनले कुनै जवाफ दिन सकेनन् ।

 बरु कटुवालको अगाडी सीप नलागेर प्रधानमन्त्री पदबाट त्यतिबेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै राजीनामा दिनु परेको थियो । बदनाम सरकारको पगेरी बोकेर प्रचण्ड राष्ट्रपतिविरुद्ध नै सडकमा उत्रनुपरेको थियो ।

अहिले प्रधानमन्त्री सुशिल कोइरालाको काम पनि त्यस्तै भएको छ । कानुन र नियमलाई धोती लाएर पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा अदालतलाई अटेर गरी निमित्त रहेका श्रीष रिजाललाई थमौति गरेपछि कोइरालाको असली चरित्र बाहिर आएको छ । पैसामा नविक्ने प्रधानमन्त्री, गरिब प्रधानमन्त्रीको नाम कमाइरहेका बेला रिजालको पैसामा शिक्षामन्त्रीदेखि प्रधानमन्त्रीसम्म विकेका प्रष्टै देखिन्छ । यता, डा. गोविन्द केसीको अनशन जारी रहेको र सरकार भ्रष्ट रहेको अभियोग लागिरहेका बेला उता पूर्वाञ्चल विश्वविद्यालयमा पनि विवादीत काम गरेपछि कोइरालाको आलोचना हुन थालेको छ ।

उपकुलपति महेश्वरमान श्रेष्ठको कार्यकाल चार महिनामात्र बाँकी रहँदा पनि निमित्त भएर शासन गरेका श्रीष रिजालले पर्खन नसक्नु र प्रधानमन्त्रीले पनि हतारमा थमौति दिएर दुई उपकुलपति बनाउने खेलले दालमा केही कालो छ भन्ने उदांगो पारेको छ । पूर्वाञ्चल विश्वविद्यालयमा आधिकारीकताको दाबी गर्दै दुई उपकुलपतिले आफ्नो उपस्थिति जनाइसकेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दाबाट सफाई पाएका उपकुलपति महेश्वरमान श्रेष्ठले हाजीरी गरेको १० दिनपछि प्रधानमन्त्री सुशिल कोइरालाबाट उपकुलपतिको थमौति लिएका श्रीष रिजालले आइतबार सोही पदमा हाजिर गरे । विश्वविद्यालयमा दुई उपकुलपतिले हाजिरगरेपछि कर्मचारीहरु पनि अचम्मित भएका छन् ।

श्रेष्ठलाई अख्तियारले पक्राउ गरेपछि रिजाललाई निमित्त उपकुलपतिको जिम्मेबारी दिइएको थियो । तर, उनले उक्त पदमै आउनका लागि शक्तिकेन्द्रको प्रभाव लिएको र थमौति बोकेर विश्वविद्यालयमा हाजिरगरेका थिए । सफाई पाएको र निरन्तर पहिलेकै जिम्मेबारमा जानका लागि अदालतले निर्णय सुनाएपछि श्रेष्ठले उक्त निर्णयसहितको निवेदन कुलपतिका रुपमा रहेका प्रधानमन्त्री कोइराला र सहकुलपतिका रुपमा रहेकी शिक्षा मन्त्री चित्रलेखा यादवलाई पठाएका थिए । तर, अदालतको उक्त निर्णयको उल्लङ्घन गरी प्रधानन्त्री कोइराला र शिक्षामन्त्री यादवले श्रेष्ठको निवेदनको वेवास्ता गरी नयाँ निर्णय गरेका थिए ।

 बारम्बार पदाधिकारीको विषयमा पूर्वाञ्चल विश्वविद्यालयमा विवाद हुने गरेको छ । प्रधानमन्त्री कार्यालयबाट रिजालले ल्याएको पत्र विश्वविद्यालय प्रशासनमा दर्ता छ भने श्रेष्ठले पाएको सफाईसहित निरन्तर काम गर्न पाउने पत्र पनि दर्ता छ । सरकारले जानाजानी विश्वविद्यालयमा विवाद सुरु गराएको भन्दै विद्यार्थी संगठनहरुले विरोध समेत जनाएका छन् । उनीहरुले आन्दोलनमा जानेसम्मका निष्कर्ष पनि निकालेका छन् ।

नौ विद्यार्थी संगठनको वैठकले न्यायालयको निर्णयलाई उल्टाउने अधिकार कार्यपालिकासँग नभएको ठहर गर्दै एउटा उपकुलपति मात्र मान्ने निर्णय गरेको छ । ‘विश्वविद्यालय एउटा भएपछि कुलपति एउटा हुन्छ, दुई कुलपति मान्न सकिँदैन भन्ने विद्यार्थी संगठनहरुको निर्णय भएको छ । सरकारले वेवास्ता गरे, हामी तालाबन्दि गर्छौं ।’, अनेरास्ववियुका केन्द्रिय सदस्य देवेन्द्र यादवले भने,‘विद्यार्थी संगठनको निर्णयलाई कसैले उल्टाउन सक्तैन, हामी एउटै पदमा दुई व्यक्तिको उपस्थिति स्वीकार्न सक्तैनौं ।’

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीलगायत नौ विद्यार्थी संगठनको वैठकले तालाबन्दि गर्ने चेतावनी दिएको हो । ‘सरकारलाई तत्काल विवाद सुल्झाउन भनेका छौं, न्यायालयको निर्णय उल्टाउन पाइँदैन भन्ने हाम्रो निर्णय हो’, अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य मदन चुडालले भने,‘प्रधानमन्त्री ज्यु यसमा गम्भिर नभए न्यायालय र विधिको कुरा नै रनभुल्लमा हुनेछ ।’

यता, अदालतबाट सफाई पाई निरन्तर काममा जाँदा पनि असहयोग भएको र प्रधानमन्त्रीको निर्णयले अप्ठ्यारो पारेपछि श्रेष्ठलगायतको टोलीले सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी हुनेगरी रिट दिने तयारी गरेको छ । पुरानै पदमा कामलाई निरन्रता दिनको माग गर्दै उनीहरुले रिट निवेदन दर्ता गराउने तयारी गरेका हुन् ।

कानुन व्यावसायी शम्भु थापा मार्फत सर्वोच्च अदालतमा अन्तरिम आदेश दिलाउनका लागि श्रेष्ठको टोली लागेको छ । यदी अदालतले अन्तरिम आदेश कायम ग¥यो भने प्रधानमन्त्री कोइराला, शिक्षामन्त्री यादवको इच्छामात्र होइन, रिजालको लिडेढीपीको कारण पनि बाहिर आउनेछ र उनीहरु काम गर्न पाउने छैनन् ।

Post a Comment

0 Comments