Subscribe Us

रेखा सट्टा निशा राख्दा निर्माता तनावमा

काठमाडौं। आफ्नो चलचित्र ‘लुटेरा’बाट रेखा थापालाई हटाएपछि उनको ठाउँमा निर्माता गोपाल कायस्थले अभिनेत्री निशा अधिकारीलाई लिएका छन्। पछिल्लो समय चलचित्र पाउन छाडेकी निशा अहिले रेखाको ठाउँमा काम गर्न पाउँदा दँग छिन्। तर केही मिडियाले निशाकै कारण लुटेराको समाचारलाई महत्व नदिएपछि यसका निर्माता कायस्थ अहिले तनावमा छन्।

गत महिना अभिनेत्री अधिकारीले नेपाली अनलाईनका सिने पत्रकार पत्रकार एक प्लेट मःमःमा बिक्ने गरेको आरोप लगाएकी थिईन्। उनले फेसबुकमा यस्तो टिप्पणी गरेपछि निशाप्रति सञ्चारकर्मीको सम्मान घटेको छ। कतीपय चलचित्र सम्बन्धि अनलाईन पत्रिकाले त्यसपछिबाट निशाको समाचार नै लेख्न छाडेका छन्। 

आफ्नो फिल्ममा रेखालाई हटाएर निशालाई लिएको समाचार निर्माता कायस्थले गर्वका साथ सञ्चारकर्मीलाई सुनाएका थिए। तर सञ्चारकर्मीले उनको त्यो समाचारलाई महत्व दिएनन्। गत साता काठमाडौंमा मुहुर्त पछि छायाँकन भईरहेको यो चलचित्रमा निशाको नाम नै कतिपय चलचित्र सम्बन्धि अनलाइन पत्रिकाले समेटेनन्।

यसपछि निर्माता कायस्थलाई तनाव भएको हो। एक्सन प्रधान भूमिका निर्वाह गर्ने अभिनेत्रीमा रेखा पछि निशा भएकाले आफुले निशालाई लिएको बताए। तर सञ्चारकर्मीले निशालाई निको नमानेपछि निर्माता तनावमा छन्। निशालाई आफुले सम्झाउने र उनी अब मिडिया प्रति नकरात्मक नहुने पनि निर्माता कायस्थले बताएका छन्। यो चलचित्रको निर्देशन दयाराम दाहालले गरिरहेका छन्। 

चलचित्रमा निशा सँगै निखिल उप्रेती, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ सहितको मुख्य भूमिका छ। केही दिन यताबाट अभिनेता उप्रेती ज्वरोका कारण छायाँकनमा नआएकाले उनको र निशाको छायाँकन हुन नसकेको पनि निर्माता कायस्थले जानकारी गराएका छन्।weeklynepal.com

Post a Comment

0 Comments