Subscribe Us

तस्कर र प्रहरीबिच दोहोरो भिड्न्त,एक तस्करको मृत्यू

चितवन ।  गाँजा तस्कर र प्रहरीबिच भएको दोहोरो भिड्न्तको क्रममा चितवनमा एक तस्करको मृत्यु भएको छ ।
 भरतपुरबाट झण्डै १५ किलोमिटर उत्तर भित्र प्रहरी र गाँजा तस्करवीच भएको दोहोरो भिड्न्तमा एक तस्करको मृत्यू भएको चितवन प्रहरीले जनाएको छ । 

गाँजाको तस्करी भईरहेको भन्ने गोप्य सुचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीलाई तस्करको समुहले फायरिङ सुरु गरेपछि प्रहरीको कारबाहिमा एक तस्करको मृत्यू भएपनि अरु भने भाग्न सफल भएको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय चितवनबाट डिएसपी राजन अधिकारीको टोली  गाँजा तस्कर भईरहेको भन्ने सुचना पाएपछि लोथर भन्ने ठाउँ  पुगेको थियो । प्रहरी देख्नसाथ तस्करले  फायरिङ खुलेको प्रहरीको दाबी छ । प्रहरी तस्करीबिच दर्जनौ राउण्ड फायरिङ हुँदा  एक जना तस्करको मृत्यु र केही घाइते भएका छन् भने प्रहरी तिर कुनै क्षती भएको छैन ।

 लागूऔषध र गाँजा तस्करी हुन लागेको भन्ने विशेष सूचनाको आधारमा तस्करहरु पक्राउ गर्न डिएसपी  अधिकारीको कमान्डमा खटिएको टोली माथि  तस्कर समुहले  लोथरमा अन्धाधुन्द गोली प्रहार गरेपछी प्रहरीले गरेको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । 

मृत्यु भएको ब्यक्तीको परिचय हालसम्म खुल्न सकेको छैन।  शव पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। मृत ब्यक्तिको साथबाट प्रहरीले एक थान बन्दुक, करिब ३५ केजि गाजा र केही राउन्ड गोलि समेत बरामद गरेको छ । तस्कर मध्येका केही ब्यक्तिहरु प्रहरीको गोलि लागि घाइते भएता पनि त्यहा बाट उम्कन सफल भएको र निजहरूको खोजिकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments