Subscribe Us

मेट्रो जान एआईजीहरुबीच मारामार

police logo
काठमाडौं -गृहमन्त्री वामदेव गौतम र आईजीपी उपेन्द्रकान्त अर्याल एआईजी बिज्ञानराज शर्मालाई महानगरीय प्रहरी कार्यालयबाट हटाउने निर्णयमा पुगेका छन् । शर्मा महानगरीय प्रहरीबाट हट्ने निश्चित भएपछि अन्य एआईजीहरु महानगरीय प्रहरी कार्यालयको प्रमुख हुन दौडधुपमा लागेका छन् । अहिलेका आठ एआईजीमध्ये अन्य सातै जना मेट्रो वान हुने दाउमा छन् । त्यसमध्ये गणेश राई, नारायण बस्ताकोटी र प्रतापसिंह थापा र केदार साउद नेताहरुको घर धाउदै हिडेका छन् ।

एआईजी राईको जागिर अवधि करिब १० महिना मात्र बाकी भएकाले उनी जसरी अवकाश हुने बेलामा मेट्रो वान भएर कमाउने दाउमा छन् । एआईजी राई ट्राफिकमा छ“दा भ्रष्टाचारले बद्नाम भएका थिए । प्रतापसिंह थापाको सबै नेताहरुस“ग राम्रो छ । त्यहीकारण जुनियर भएपनि उनी एआईजीमा बढुवा हुन सफल भएका थिए । सबैलाई मिलाउन उनी माहिर प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।  केदार साउद पनि कांग्रेस मन्त्रीहरुलाई खुशी बनाएर मेट्रोमा सरुवा हुने दाउमा लागेका हुन् ।

सिनियर एआईजीद्धय राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाहले भने ठूलो चासो राखेका छैनन् ।  स्रोतका अनुसार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल चीनबाट फर्किएपछि एआईजी सरुवाको निर्णय हुने छ । इन्सपेक्टरहरुको पनि ठूलो संख्यामा सरुवाको तयारी भइरहेको छ । 

Post a Comment

0 Comments