Subscribe Us

१२ वर्षमा खोलो फर्किन्छ भन्दै,
राजा ल्याउने अभियानमा राजावादी

काठमाडौं । १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने तथ्यलाई अघि सार्दै १२ वर्षमा राधाकृष्ण मैनाली एमालेमा फर्किए । त्यहि १२ वर्षको यो उखानलाई पुरा गर्नका लागि अहिले राजावादीहरु लागि परेका छन् ।

संक्रमणकालिन राजनीतिको फाइदा उठाउँदै उनीहरु राजतन्त्रलाई खोलो फर्काएजसरी फर्काउने तयारीमा लागेका छन् । मुलुक गणतन्त्रमा पुगेको १० वर्ष हुन लाग्दा राजावादीहरुको यस्तो खेल अघि बढेको हो ।

सूर्यबहादुर थापाको पहलमा राप्रपा र राप्रपा नेपालको एकीकरणको प्रयास पनि त्यसैको रणनीतिक योजना रहेको बताइएको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि बारम्बार सहमतिको कुरा गरिरहेका बेला यस्तो योजना अघि आएको छ ।

तत्कालिन भारतीय संस्थापनले राजा राख्ने तयारी गरेको थियो । करण सिंह त्यहि सन्देश लिएर नेपाल आएका थिए । तर, नेपाली जनताको आन्दोलनले राजालाई हुत्याएपछि अहिले संकट झन गहिरो हुन थालेको छ । गिरीजाप्रसाद कोइरालाको एकल पहलमा राजा हटाइएपछि हिन्दुस्तानले पनि केही बोल्न सकेको थिएन ।

ठूलो आन्दोलनको नेतृत्व गरेका कोइरालासँग अन्तर्राष्ट्रिय शक्ति ठूलो रहेका कारणले पनि तत्कालिन भारतीय संस्थापनले उनीसामु घुँडा टेकेको थियो । यद्यपि हिन्दुस्तानको प्रस्तावलाई आफ्नो भाषणका रुपमा कोइरालाले बाहिर नल्याएका पनि होइनन् । तर,उनको त्यसबेला सर्वत्र आलोचनामात्र भएन, सिनो भएको राजतन्त्र बोकेको कार्टुनले मुलुक हल्लाएको थियो ।

भारतका विश्वासीला पात्र सुर्यबहादुर थापा र हिन्दुवादी सोच राखेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको एकीकरण, एमाओवादीको संविधानसभा भाँड्ने खेल, कांग्रेसमा खुमबहादुरको हिन्दु राज्यको अभियान र भारतीय संस्थापनका नेताहरु नेपालमा आएर दिने भाषणबाजीले राजालाई फेरि फर्काउने प्रयत्न भइरहेको विश्लेषण गरिएको छ ।  

Post a Comment

0 Comments